LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

काठमाडौं । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार देखिएका छन् ।एमालेले प्रदेश १, बाग्मती, गण्डकी र कर्णालीको मुख्यमन्त्री पाउने सम्भावना छ । यद्यपि प्रदेश १ को मुख्यमन्त्रीमा माओवादीको पनि दाबी छ । माओवादीको प्रदेश कमिटीले मुख्यमन्त्रीमा दाबी गर्दै वार्ता समिति नै बनाएको छ ।एमालेबाट संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्रीका आकांक्षी हुन् । प्रदेश १ मा एमाले ४० सिटसहित पहिलो दल हो भने माओवादीको १३ सिट छ । ९३ सदस्यीय प्रदेशसभामा सत्ता गठबन्धनको प्रष्ट बहुमत छ ।

११० सदस्यीय बाग्मती प्रदेशसभामा एमाले र माओवादीको मात्र बहुमत पुग्दैन । उसले राप्रपाको पनि समर्थन लिनुपर्ने हुन्छ । एमालेको २७ सिट, माओवादीको २१ र राप्रपाको १३ सिट छ । यहाँ पनि माओवादीका शालिकराम जम्मरकट्टेल, गंगा श्रेष्ठ, सरल सहयात्री मुख्यमन्त्रीका आकांक्षी हुन् ।६० सदस्यीय गण्डकी प्रदशेसभामा एमालेको २२ र माओवादी केन्दको ८ सिट छ । यहाँ पनि सरकार गठन गर्न राप्रपाको समर्थन चाहिन्छ । एमालेले सरकारको नेतृत्व पाएको अवस्थामा स्थायी कमिटी सदस्य खगराज अधिकारी मुख्यमन्त्री बन्नेछन् ।कर्णाली एमालेको भागमा परेमा यमलाल कँडेल मुख्यमन्त्री हुनेछन् । ४० सदस्यीय कर्णााली प्रदेशसभामा माओवादी केन्द्रको १३ र एमालेको १० सिट जोड्दा बहुमत पुग्छ ।

माओवादी केन्द्रले लुम्बिनी र सुदूरपश्चिमको मुख्यमन्त्री लिने देखिएको एक नेताले बताए । ८७ सदस्यीय प्रदेशसभामा नागरिक उन्मुक्ति, जनमत, जनता समाजवादी लगायतका सबै दलले साथ दिँदा मात्र बहुमत पुग्छ । एमालेको २९, माओवादीको ९, राप्रपा र नागरिक उन्मुक्तिको ४÷४, जनमत र जसपाको ३÷३ प्रदेश सभा सदस्य छन् ।सुदूर पश्चिम प्रदेशसभामा पनि सरकार निर्माणमा नागरिक उन्मुक्ति निर्णायक हुनेछ ।

५३ सदस्यीय प्रदेशसभामा माओवादीको ११ एमालेको १०, नागरिक उन्मुक्तिको ११ र राप्रपाको १ सिट छ । यो प्रदेशमा सरकारको नेतृत्व माओवादीले पाएमा प्रदेश अध्यक्ष समेत रहेका खगराज भट्ट मुख्यमन्त्री बन्ने सम्भावना छ ।मधेस प्रदेशको नेतृत्वमा भने जनता समाजवादी र जनमत पार्टीबीच आलोपालो गर्ने गरी सहमतिको प्रयास भइरहेको छ । १०७ सदस्यीय प्रदेशसभामा एमाले २३ सिटसहित पहिलो दल हो भने जसपाको १६, जनमतको १३ र माओवादी केन्द्रका ८ सांसद छन् ।

 

सम्बन्धित खबर