LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो कार्यकालमा आफूले भाषण कम र काम धेरै गर्ने बताएका छन् । शनिबार चितवनको नारायणी नमुना माध्यमिक विद्यालयको हिरक महोत्सवको उद्घाटन गर्दै उनले यसपटक भाषण कम गर्ने बताएका हुन् ।मैले बाँकी जीवन सुशासन र विकासकालागि समर्पित गर्ने भनेको छु । म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन यो कार्यकाल । म भाषण कम काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु’ उनले भने ।प्रधानमन्त्री प्रचण्डले हरेक दिन सुशासन र विकासको पक्षमा केही न केही काम गर्दै जाने प्रतिवद्धता गरेको पनि बताए ।सुशासन कायम गर्न, भ्रष्टाचार र बेथिती अन्त्य गर्न आफूले पहिलो मन्त्रिपरिषद बैठकबाटै निर्णय गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई सास्तीबाट मुक्त राख्ने आफ्नो प्रयास हुने बताए ।उनले करिब साढे ८ मिनेटको सम्बोधनमा सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्नसबै क्षेत्रबाट सहयोगको अपिल पनि गरेका छन् ।

 

सम्बन्धित खबर