LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यात्रुहरूले विदेशबाट अतिरिक्त मोबाइल ल्याउन पाउने व्यवस्था तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। उनले अर्थमन्त्री विष्णु पौडेललाई केही दिन अगाडि आफूले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
प्रधानमन्त्री प्रचण्डले विदेशबाट नेपाल फर्किँदा व्यक्तिगत प्रयोजनका लागि आफूसँग अतिरिक्त मोबाइल ल्याउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या सिर्जना भएको घटनामा जनस्तरबाट राखिएको चासो र गुनासोका बारेमा नै यो विषयमा आवश्यक कार्यवाही अघि बढाउन मन्त्री पौडेललाई निर्देशन दिएका हुन्।
‘रोजगारीका सिलसिलामा विदेश गएका नेपालीहरूले आफूसँग फर्किँदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल र सहज बनाउन आवश्यक नीतिगत तथा कानुनी जटिलता भए त्यसलाई समेत फुकाउन प्रधानमन्त्रीज्यूले निर्देशन दिनुभएको छ,’ सचिवालय स्रोतले थाहाखबरसँग भन्यो।
हिजो (मंगलबार) मात्रै अमेरिकाबाट फर्किएका एक यात्रूले अतिरिक्त मोबाइल ल्याउँदा १८ प्रतिशत कर तिर्नुपरेको गुनासो गरेका थिए। झापाका दुधलाल नेम्वाङले ल्याएको अतिरिक्त आइफोन एयरपोर्टस्थित भन्सारका भर्मचारीले १८ प्रतिशत कर तिर्नुपर्ने बताएका थिए। उनले कर नतिरी मोबाइल नै त्यही छोडेर हिँडेका थिए।

 

सम्बन्धित खबर