LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

कांग्रेसका नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्ने बताएका छन्।
अस्थिरता भएको भन्दै उनले राष्ट्रिय सहमति खोज्ने बेला आएको पनि बताए।
‘धेरैलाई प्रतिपक्षमा कांग्रेस पुग्ने भएपछि यस्तो भन्यो भन्ने लाग्ला। सधैं अस्थिरता भयो, त्यसैले मैले राष्ट्रिय सहमतिको सरकार भनेको हुँ,’ निवर्तमान सभामुख र उपसभामुखहरूको संस्था स्पिकर्स फोरमको कार्यक्रममा पौडेलले भने, ‘राष्ट्रिय सहमति खोज्ने बेला आएको छ। राष्ट्रिय सहमतिको सरकारका लागि प्रयास गर्नुपर्छ।’
गठबन्धन टुटेकोप्रति संकेत गर्दै उनले राजनीतिमा एकथोक सोच्दा अर्कोथोक हुने गरेको पनि उनले बताए।
‘एक थोक सोच्यो अर्को थोक हुन्छ। हाम्रो हिसाब नै मिल्दैन,’ उनले भने, ‘रूखले हँसिया हतौडा र हँसिया हतौडाले रूखलाई भोट हालेको हो, आ-आफ्नो सिद्धान्तविपरीत पनि भोट हालियो। झण्डै बहुमत थियो। दुई/चार सिट मिलिहाल्थ्यो तर एकाएक गठबन्धन हाइज्याक भयो।’
उनले सत्ताभन्दा व्यवस्थाको चिन्ता लागेको पनि बताए।

सम्बन्धित खबर