LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

मो.इन्तेखाब आलम
जनकपुरधाम । धनुषाको शान्ति सुरक्षा अझै चुस्त दुरुस्त बनाउनका लागि केही काम बाकी नराखने जिल्ला प्रहरी कार्यालय धनुषामा आएका नयाँ प्रहरी उपरिक्षक विश्व राज खडकाले बताएका छन । जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक विश्व राज खडकाले यसो भनेका छन । पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाब दिदै प्रहरी उपरिक्षक खडकाले भने धनुषा जिल्लामा अपराधी क्रियाकलाप कोहीले गरे प्रहरीले आफनो काम र जिम्मेवारी बुझेका छन र यस्ता व्यक्ति माथि कडा भन्दा कडा कार्यवाही हुने उनले बताएका छन । धनुषा जिल्लामा कोही जनता न्याय बाट बन्चित नरहोस यसका लागी हामी प्रहरी हरपल त्यार रहेको जानकारी गराएका छन ।

धनुषा जिल्लामा घटेका घटनाहरुको निश्पक्क्ष छानबिन गरि अपराधीलाई कानुनको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उनले बताए । धनुषा जिल्लामा ट्रफिक कानुनको पालना प्राथमिकतामा रहेको उनले जिकिर गरे । धनुषा जिल्लामा मोटरसाइकल दुर्घटना बढी भइरहेकाले यसको नियन्त्रणका साथ ओभर स्पीड सवारी चलाउनेहरुलाई कार्यवाही गरि यस्ता घटनाहरुलाई नियन्त्रण गर्न सक्ने उनले बताए । जनकपुर उपमहानगरपालिक भित्र ओभर स्पीड मोटरसाइकल वा जुन गाडी चलाए ट्रफिकले अब आफनो काम आफनो तरिका बाट गर्ने प्रहरी उपरिक्षक खडकाले बताए ।

सम्बन्धित खबर