LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

मो.इन्तेखाब आलम
जनकपुरधाम । धनुषाको शान्ति सुरक्षा अझै चुस्त दुरुस्त बनाउनका लागि केही काम बाकी नराखने जिल्ला प्रहरी कार्यालय धनुषामा आएका नयाँ प्रहरी उपरिक्षक विश्व राज खडकाले बताएका छन । जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरिक्षक विश्व राज खडकाले यसो भनेका छन । पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाब दिदै प्रहरी उपरिक्षक खडकाले भने धनुषा जिल्लामा अपराधी क्रियाकलाप कोहीले गरे प्रहरीले आफनो काम र जिम्मेवारी बुझेका छन र यस्ता व्यक्ति माथि कडा भन्दा कडा कार्यवाही हुने उनले बताएका छन । धनुषा जिल्लामा कोही जनता न्याय बाट बन्चित नरहोस यसका लागी हामी प्रहरी हरपल त्यार रहेको जानकारी गराएका छन ।

धनुषा जिल्लामा घटेका घटनाहरुको निश्पक्क्ष छानबिन गरि अपराधीलाई कानुनको दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उनले बताए । धनुषा जिल्लामा ट्रफिक कानुनको पालना प्राथमिकतामा रहेको उनले जिकिर गरे । धनुषा जिल्लामा मोटरसाइकल दुर्घटना बढी भइरहेकाले यसको नियन्त्रणका साथ ओभर स्पीड सवारी चलाउनेहरुलाई कार्यवाही गरि यस्ता घटनाहरुलाई नियन्त्रण गर्न सक्ने उनले बताए । जनकपुर उपमहानगरपालिक भित्र ओभर स्पीड मोटरसाइकल वा जुन गाडी चलाए ट्रफिकले अब आफनो काम आफनो तरिका बाट गर्ने प्रहरी उपरिक्षक खडकाले बताए ।

सम्बन्धित खबर