LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

धनुषाको नगराइन नगरपालिकाका जेष्ठ नागरिक आन्दोलन गर्ने भएका छन् । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको विवादले विगत साउनदेखि सामाजिक सुरक्षा भत्ता नपाएपछि जेष्ठ नागरिकहरु आन्दोलन गर्ने तयारी गरेका हुन् ।
आन्दोलनका लागि भोला दासको अध्यक्षतामा ९ सदस्य संघर्ष समिति गठन गरेको छ । समितिका उपाध्यक्षमा जागेश्वर सदा, कोषाध्यक्षमा राजेश्वर महतो, सचिवमा राजाई यादव छन् । यस्तै सदस्यहरुमा सिरी सदा, रामदेव मुखिया, केशवर दास, दशरथ यादव र मुनेश्वर दास रहेको जनाइएको छ ।
यथासिघ्र सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन चरणवद्ध आन्दोलनको घोषणा गर्ने संघर्ष समितिका अध्यक्ष भोला दासले चेतावनी दिए ।

सम्बन्धित खबर