LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–३ का ४० वर्षीय धानुक दासको हत्यामा आफ्नै परिवारजनको संलग्नता देखिएको छ ।प्रहरीको प्रारम्भिक अनुसन्धानमा दासको जेठी श्रीमति, उनको ज्वाँई र २० वर्षीय छोराको संलग्नता देखिएको हो । सोमवार राति प्रहरीले किरिया बसेको छोरासहित तीन जनालाई पक्राउ पनि गरेको छ । उनको हत्यामा प्रहरी पेशामा रहेका ज्वाँईको पनि संलग्नता रहेको स्रोतको दावी छ ।संघीय प्रहरी इकाई कार्यालय जनकपुरधाममा कार्यरत प्रहरी जवान मृतक दासका ज्वाँई हुन् । उनकै योजनामा सुटर लगाएर दासलाई गोली हान्न लगाइएको थियो । यद्यपि सुटर अहिले फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
घटनाबारे धनुषाका प्रहरी उपरीक्षक विश्व राज खड्काले अनुसन्धानको नजिक पुगिसकको बताएका छन् । बुधवार वा विहीबारसम्ममा घटनाको अनुसन्धान पूरा भइसक्ने उनले प्रष्ट पारे । दश दिन अघि साँझको समयमा घरमै दुई जना व्यक्ति पुगेर उनको हत्या गरेर फरार भएको थियो । दास मोटर ९पम्प० मर्मत गर्ने मिस्त्री थिए ।
केही दिनदेखि उनी घरमै ग्यासको पसल सञ्चालन गर्दै आएका थिए । मोटर मर्मत गर्ने विषयमा सेवाग्राही बनेर कुराकानी गर्न गएको व्यक्तिले गोली प्रहार गरी फरार भएको स्थानीयवासीहरुले बताएका थिए ।
दासले दुईटा विवाह गरेका थिए । जेठी श्रीमतीबाट दुई छोरा पाएका छन् । उनको १८ र २० वर्षका दुई छोरा छन् । मृतक दास कान्छी श्रीमतीसँग बस्दै आएका थिए । कान्छी श्रीमतिबाट एउटी छोरी रहेकी छन् ।
केही दिन यतादेखि जेठी श्रीमतीसंग उनको विवाद हुँदै आएको थियो । सम्पत्ति विवादको कारणले भइहेको प्रहरी अनुसन्धानमा देखिएको छ । अर्को विवाह गरेपछि सम्पत्ति बाँड्नु पर्ने विषयमा भएको विवाद नै उनको हत्याको कारण रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सम्बन्धित खबर