LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । महोत्तरीको औरहीमा एक पुरुषको शव फेला परेको छ । औरही नगरपालिका(७ स्थित एमटीएल इँटा भट्टामा रहेको परालको छाप्रोभित्र स्थानीय ५२ वर्षीय इन्द्रदेव झाको शव फेला परेको हो ।
सोमबार साँझ घरबाट निस्केका उनको शव मंगलबार बिहान ११ बजे उनको शव फेला परेको प्रहरीले जनाएको छ । झा प्रायः इँटा भट्टामा बस्ने गर्थे । उनको बायाँ एउटा आँखा फुटेको छ । शवको प्रकृति हेर्दा कसैले हत्या गरेर शव त्यहाँ राखेको हुन सक्ने परिवारको आशंका छ ।
प्रहरी उपरीक्षक कृष्ण पंगेनीले शवको पोस्टमार्टम रिपोर्ट थप अनुसन्धान पश्चात मात्र घटना विषयमा यथार्थ भन्न सकिने बताए । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको प्रहरीले जनाएको छ ।
मृतक झा बढी मरिदा सेवन गर्ने व्यक्ति रहेको र अहिलेसम्म कोहीसंग त्यस्तो रिसिइबी समेत नदेखिएको बताए । यद्यपि घटना शंकास्पद रहेकाले त्यसै अनुसार अनुसन्धान गरिरहेको उनको भनाइ छ ।

सम्बन्धित खबर