LIVE
जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार | बागमती नदिमा डुबेर दुई बालकको मृत्यु | हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित |

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत पुर्‍याउन नदिन खुद्रा खेल खेलिरहेको आरोप लगाएका छन् ।शनिबार एमालेका सांसदहरुको प्रशिक्षण कार्यक्रममा उनले देउवाले अहिलेको सरकार असफल बनाउन प्रधानमन्त्ती पद बाँड्दै हिँडेको आरोप लगाएका छन् ।अहिले असफल पार्ने प्रयास बेस्सरी भइरहेका छन् । नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाजीले भन्नुभयो–वी वील कम ब्याक । संकेत उहाँहरुले २६ गते नै आउँछौं भनेको हो ।

उहाँहरुले यस्तो खुद्रा खेल खेलिरहनुभएको अहिले । पार्टीहरुमा बाँडिरहनुभएको छ प्रधानमन्त्री’ उनले भने, ‘एउटा पार्टीको अध्यक्षलाई बोलायो, प्रधानमन्त्री तिमी हुने हो भनेको छ ।’प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदैछन् । प्रधानमन्त्रीले विश्वासको मत नलिँदै कांग्रेस सभापति देउवाले हालको सत्तारुढ गठबन्धनमा सामेल जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई र सत्तारुढ गठबन्धनमा नरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका थिए ।यो सरकार असफल भएमा ठूलो पार्टीको नेताको हैसियतमा देउवा प्रधानन्त्री बन्ने भन्दै ओलीले त्यसका लागि कांग्रेसले प्रयास गरिरहेको बताए । ‘

यो संविधानको धारा ७६।२ को सरकारले विश्वासको मत प्राप्त गरेन भने स्वतः यो सरकारले विश्वासको मत प्राप्त गरेन भने संविधानको धारा ७६।३ अनुसार संसदमा सबै भन्दा ठूलो दलको नेताले प्रधानमन्त्रीको नियुक्त पाउँछ । यहाँ यो सरकारले विश्वासको मत नपाउने वित्तिकै वा ७६।२को सरकार नबन्ने वित्तिकै वा असफल हुने वित्तिकै त्यो पाउँछ’ उनले भने ।कांग्रेसले पाँच वर्षसम्म सरकारको विरोध गर्ने र सरकार ढाल्न लाग्ने भन्द ओलीले त्यसैकारण अहिलेको गठबन्धनको अन्तरविरोधमा खेल्न खोजेको आरोप लगाए ।उहाँहरुको धन्दा अब पाँच वर्ष कुनै कुरामा होइन । यो सरकारको विरोध गर्ने कुरामा रहनेछ ।

यो सरकार ढाल्ने कुरामा रहनेछ । किनभने उहाँहरु च्याँखे थापेर बस्नु हुन्छ । २३ सिट हुँदा पनि विभिन्न शक्तिहरु, व्यक्तिहरुको प्रयासहरुबाट काँग्रेसले प्रधानमन्त्री लिएको थियो । अहिले पनि उसले यहाँभित्रको अन्तरविरोधमा खेलेर ढाल्न पायो भने फेरी पनि सरकारको नेतृत्व पाउँछ’ ओलीले भने, ‘विश्वासको मत पाएन भने यस्तो अवस्था आउँछ । यत्तिको राजनीति गरिरहेका अहिलेका दलहरु सभापतिहरुले त्यति संविधानको धारा नपढेको, त्यत्तिको नबुझेको छैनन् ।’यसअघि धारा ७६।२ अनुसारको सरकार निर्माण गर्ने बेलामा पनि कांग्रेसले झुक्याउन खोजेको ओलीले बताए । राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि दिएको पुस १० को ५ बजेसम्मको समय गुजार्न कांग्रेसले प्रयास गरेको ओलीले दावी गरे । ‘

नेपाली काँग्रेसले हामीलाई थाङनमा सुताउन खोज्छ । आउन यहाँ बसेर छलफल गरौं । ५ बजाऔं । त्यति भएपछि म प्रधानमन्त्री भईहाल्छु । अरु हेरेको हेर्‍यै गरौला न भनेर हामीलाई त छक्काउछ । छकाउन खोज्छ भने सबैतिर उसको धन्दा त्यही हो । हामी यस्तो कुरामा अल्झिनेवाल नै छैनौं ।’ओलीले अहिलेको सरकार नेपालीले बलजफ्ती बनाएको सरकार भएको पनि जिकिर गरे । यसलाई सफल बनाउन र उपयुक्त ढंगले गाइड गर्ने पनि ओलीले बताए । ‘यसले सही नीति लेओस् । यस सरकारले भ्रष्टाचार नगरोस् । भ्रष्टाचार नसहोस् । यसले सुशासन र विकास निम्ति उचित र आवश्यक कदमहरु दृढताका साथ चालोस् । सक्रियतापूर्वक अघि बढोस् । हामी त्यो चाहन्छौं’ उनले भने ।

 

सम्बन्धित खबर