LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार स्थिर र स्थायी सरकार भएको बताएका छन् ।सत्ता साझेदार दलको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा उनले सरकारको स्थायीत्वका विषयमा चलेका हल्लाको पछि नलाग्न आग्रह गरे ।‘यो सरकार स्टेबल र इफेक्टिब सरकारको रुपमा रहन्छ । राष्ट्रसेवक साथीहरु यो सरकार स्टेबल र परमानेन्ट सरकार हो भन्ने कुरा मनमा राखेर काम गर्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु’ उनले भने ।उनले कुनै हल्लाको पछाडि लाग्नु नपर्ने भन्दै यो सरकार निकम्मा, निष्क्रिय, शिथिल र यथास्थितिमा रहने नभई स्थायी र प्रभावकारी भएको दावी गरे ।

सरकारलाई नेकपा एमालेको सम्पूर्ण हिसाबले साथ र सहयोग रहेको पनि ओलीले बताए ।‘खाली टेम्पररी एरेन्जमेन्ट होइन, परमानेन्ट सेटलमेन्ट हो’ उनले भने । प्रधानमन्त्रीलाई प्रतिनिधिसभाको करिब १८० सांसदको समर्थन रहेको पनि ओलीले बताए ।कसैले सरकार ढाल्छ कि भनेर सोच्न आवश्यक नरहेको पनि ओलीले बताए ।‘म साथीहरुलाई के भन्न चाहन्छु भने यसभित्र कुनै खेल हुन्छ कि यो सरकार ढाल्छ कि भन्ने नसोच्नुस्’ उनले भने, ‘धेरै धेरै खेलाडीहरु दर्शक भएका छन्, रिङभन्दा बाहिर बसेर हेर्न बाध्य छन् ।’

सम्बन्धित खबर