LIVE
मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित |

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसदबाट विश्वासको मत पाउनुभएको छ । मंगलवारको प्रतिनिधिसभा बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो । प्रतिनिधिसभाका २७५ सांसदमध्ये २७० जना उपस्थित रहेको बैठकमा दाहालको पक्षमा २६८ मत र विपक्षमा २ मत परेको छ ।उहाँले पाउनुभएको मत प्रतिनिधिसभाको बहुमत रहेकाले विश्वासको मत पाउनुभएको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले जानकारी दिए । दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

नेपालको संविधानको धारा ७६ ।२ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँलाई प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । उक्त धारा बमोजिम प्रधानमन्त्री नियुक्त हुनेले संविधानको धारा ७६ ।४बमोजिम संसद्मा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । संविधानको धारा ७६।२ मा प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान छ ।

 

सम्बन्धित खबर