LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रदेश प्रहरीसहितलाई २४ थान मोटरसाइकल वित्तरण गरेको छ ।
मंगलवार एक कार्यक्रम बीच प्रदेशका गृह तथा संचार मन्त्री भरत प्रसाद साहले मोटरसाईकल वित्तरण गरेका हुन् । कार्यक्रममा मन्त्री साहले मधेश प्रदेश प्रहरी प्रमुख प्रमुख डिआईजी मकसुद आलम खान र मधेश प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआईजी गणेश ठारा मगरलाई मोटसाईकलका साँचो हस्तारन्तरण गरेका हुन् । मन्त्री साहले प्रदेश सरकार स्थापना भएदेखि नै प्रदेश प्रहरीलाई सुविधा सम्पन्न र प्रदेशको शान्ति सुरक्षा व्यवस्था बलियो बनाउन टेवा पुग्ने गरि प्रदेश प्रहरीलाई विभिन्न प्रकारका सवारिसाधन, उपकरण तथा भौतिक पुर्वाधारमा उल्लेखनिय सहयोग गर्दै आएको दाव गरे ।
प्रदेशमा आउने विभिन्न विपद् व्यवस्थापनको लागि पनि प्रदेश सरकारले प्रदेश प्रहरीलाई विगतमा विभिन्न समाग्रीहरु उपलब्ध गराएका बताउदै मन्त्रि साहले भने,‘ संविधान अनुसार प्रदेशको सुरक्षा व्यवस्था प्रदेश सरकारकै जिम्मेवारिमा छ । तर अहिले सम्म संघिय प्रहरी समायोजन नहुदाँ प्रदेश प्रहरी ऐन पारित गरेपनि गठन गर्न सकेनौ । तर पनि प्रदेश सरकारले प्रदेश प्रहरीमा प्रत्येक वर्ष लगानि गर्दै आएको छ । ’
प्रदेश सरकारले प्रदेश प्रहरीको भौतिक पुर्वाधार तथा आधुनिकरण गर्न उदेश्यले सवारिसाधन, उपकरण तथा विपद् व्यवस्थापन सहितका समाग्रीहरु वित्तरण गर्दै आएको गृह तथा संचारराज्य मन्त्री रुवि कर्णले बताईन ।
चालु आर्थिक वर्षमा ५२ लाख ५३ हजारमा खरिद खरिएको मोटसाईकल नेपाल प्रहरीका विभिन्न जिल्लाका प्रहरी चौकी, सशस्त्र प्रहरीका विभिन्न पोष्ट तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा मधेश प्रहरी प्रमुख मकसुद आलम खानले प्रदेश सरकारले प्रदेश प्रहरीलाई समय समयमा भौतिक पुर्वाधारदेखि सवारि साधनसहितको क्षेत्रमा सहयोग गर्दै आएको बताए । प्रदेश सरकारको सहयोगले प्रदेश प्रहरीको क्षमतामा वृद्धि हुदै आएको उल्लेख गर्दै डिआईजी खानले डिजेल वा पेट्रोलभन्दा पनि विद्युतिय चार्जले चल्ने गाडी वित्तरण हुदाँ प्रहरीको खर्चमा कटौति हुने बताए ।
कार्यक्रममा प्रदेश मठिहानि नगरपालिकाका मेयर हरि मण्डल, भंगहा नगरपालिका मेयर संजिव साहसहितका उपस्थित रहेको थियो ।

सम्बन्धित खबर