LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

जनकपुरधाम, पुस २७ गते ।
धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक फन्दा परेका छन् । पक्राउ पर्नेमा भारत विहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।
उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं.२ बाट ईलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।
बी.आर.३२ ए.सी. ७६७९ नम्बरको स्कुटर चढेर भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाम्ह बरामद भएको डिएसपी क्षेत्रीले बताए ।
उनलाई आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाईएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

सम्बन्धित खबर