फाएजा फहमीदा
जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीसहित तीन मन्त्रीले आज पद तथा गोपनियताका सपथ लिएका छन् ।
शुक्रवार दिउँसो १ वजे मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोज कुमार यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले सपथ गराएका थिए । त्यसपछि तीन जना मन्त्री नेकपा एमालेका संसदीय दलका नेता सरोज यादव, जसपाका सासद संजय यादव र जनमत पार्टीका उपाध्यक्ष तथा सासद बसन्त कुश्वहाले मन्त्रीको सपथ लिएका हुन् । उनीहरुलाई पनि प्रदेश प्रमुख मिश्रले नै सपथ गराएका थिए ।
नेकपाका संसदीय दलका नेता तथा मन्त्री यादव महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ को क बाट निर्वाचित हुन भने जसपाका यादव सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को ख बाट निर्वाचित हुन् । त्यसैगरि, बस्नत समानुपातिक कोटामा सर्लाहीबाट सासद भएका हुन् ।
तीन जनाले मन्त्रीको सपथ लिएपनि उनीहरुलाई मन्त्रालयको जिम्मा भने अझै तोकिएको छैन । उनीहरु तत्कालको लागि बिना विभाग्य मन्त्रीको रहेको छन् । श्रोतका अनुसार सत्ता गठबन्धन दल भित्र अझै मन्त्रालय बाँडफाँडको विषयमा कुरा नमिलेकोले उनीहरुलाई मन्त्रालयको जिम्मेवारि तोकिएको छैन ।
एमालेबाट मन्त्री भएका यादवलाई भौतिक पुर्वाधार जसपाका मन्त्री यादवलाई समाजिक विकास र जनमतबाट मन्त्री भएका कुश्वाहाले भुमि व्यवस्था कृषि तथा सहकारि मन्त्रालयको जिम्मेवारि पाउने जसपाका एक नेताले बताए ।
तोकिएको समयभन्दा दुई घण्टा ढिलो गरि सपथ
मुख्यमन्त्री सरोज कुमार यादवको सपथ ग्रहण कार्यक्रम विहान ११ वजेको तोकिएको थियो । तर सत्तारुढ गठबन्धन दलहरु बीच मन्त्रालय बाँडफाँडमा सहमति नजुटेपछि दुई घण्टा ढिलो गरि मात्रै कार्यक्रम सुरु भएको थियो ।
माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले पनि शुक्रवार नै मन्त्रीको सपथ लिने तयारी गरेका थिए । तर माओवादीले दुई वटा मन्त्रालय लिने अडान लिएपछि गठबन्धन भित्र सहमति हुन सकेन र उनी शुक्रवार सपथ लिएनन् । जसपाले माओवादीलाई एउटा मन्त्रालय मात्रै दिने अडानमा छ । शुक्रवार विहान विहान ९ वजेदेखि नै मन्त्रालय बाँडफाँडका लागि जसपा र माओवादी केन्द्रका नेताहरु वैठक बसेको थियो ।
वैठकका सहभागि जसपाका एक सासदले भने,‘ सरकारलाई लोसपाले समर्थन गरिसकेकोले लोसपालाई पनि मन्त्रालय दिनुपर्छ, त्यसपछि काँग्रेसले पनि सरकारमा सहभागि हुने प्रयासमा छ । त्यसकारण मन्त्रालयको संख्या सिमित भएकाले तत्काल एक मन्त्रालयमै चिज बुझाउन माओवादी केन्द्रका दलका नेता साहलाई मुख्यमन्त्री यादवले भनेका थिए । तर पनि नेता साहले पार्टी भित्र मन्त्रीको अकांक्षिहरु धेरे भएकोले यस्तो अवस्थामा सरकारमा सहभागि हुन कठिनाई हुन्छ । त्यसकारण कम्तिमा दुई मन्त्रालय पाउनुपर्ने अडान लिई रहे ।’ तर १२ वजे सम्म सहमति नहुदाँ मुख्यमन्त्री यादवले मन्त्रालय बाडफाँडको विषय सहमति पछि गर्ने भन्दै वैठकबाट निस्केर प्रदेश प्रमुख मिश्रको निवासमा पुगेका थिए ।
श्विासको मत पछि मात्रै मन्त्रालय बाँडफाँड
मुख्यमन्त्री यादवले शुक्रवार दिउँसो सपथ लिएपछि मुख्यमन्त्री यादव जनकपुरधामको मुजेलियाँ स्थित शहिद गेटमा गएर त्यहाँ मधेश आन्दोलनका शहिदहरुको शालिमा फुलमाला चढाएका थिए । त्यसपछि उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आएर पदभार ग्रहण गरेका थिए । मुख्यमन्त्री यादवाई प्रमुख सचिव कृष्णबहादुर राउतले पदभार ग्रहण गराएका थिए ।
पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री यादवले प्रदेशको ई–गर्वनेन्स मास्टर प्लान तयार पार्ने पहिलो निर्णय गरेका छन् । प्रदेशको सेवालाई प्रभावकारी बनाउन विद्युतिय संजालसँग जोड्ने गरि ई–गर्वनेन्स मास्टर प्लान तयार पार्ने निर्णय मुख्यमन्त्री यादवले बताए । मुख्यमन्त्री यादवले सबै सरकारि कार्यालयमा गुनासो पेटिका राख्न समेत निर्देशन दिएका छन् ।
पदभार ग्रहण पश्चात मुख्यमन्त्री यादवले विश्वासको मत पश्चात मन्त्रालय दलहरु बीच मन्त्रालय बाँडफाँड हुने बताए । अहिले दलहरु बीच छलफल चलिनै रहेको छ, उनले भने,‘ सहमति भएपछि पश्चात सरकारको थप विस्तार हुन्छ ।’