LIVE
अव वडादेखि नै ईन्जिनियरको दरबन्दी हुनुपर्छ ः अध्यक्ष राउत | अव मधेश प्रदेशमा पनि सरकारी स्तरबाट एमबिबिएसको पढाई हुने | मधेशमा आज चौरचन पर्व मनाइँदै, तीज पनि आजै | डुमरियाको सुर्यनाथ स्मृति अस्पताल चलाउने प्रदेश सरकारको तयारी | वर्तमान सत्ता गठबन्धन २०८४ को चुनाव सम्म कायम रहन्छ ः काँग्रेस प्रवक्ता महत | ज्ञानकुप विद्यालयको छात्रावास भवनको उद्घाटन | जउवा संघको उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध | मधेशमा सहकारी संस्थाहरुलाई निगरानि गर्न रजिस्ट्रार कार्यालय स्थापना | समानुपातिक प्रणाली हटाए मुलुकमा महाभारत हुन्छ ः जसपा नेपाल अध्यक्ष यादव | धनुषाको महेन्द्रनगर डिपोमा हत्या भएको बर्माको शव बुझन परिवारजनले गरे इन्कार |

काठमाडौं । सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरे पनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको संख्या भने बढ्दो छ । मानवीय क्षतिको हिसाबले आज पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना आन्तरिक उडानतर्फको सबैभन्दा ठूलो हो । काठमाडौंबाट पोखराका लागि उडेको एनवाइटी–६९१, नाइन एनएएनसी जहाज दुर्घटना हुँदा ठूलो जनधनको क्षति भएको छ । हालै सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेकै जहाज दुर्घटनामा परेको हो ।

तुलनात्मकरूपमा सुरक्षित मानिएको एटीआर सिरिजका जहाज दुर्घटना पर्नु आफैमा दुर्भाग्य भएको वायुसेवा सञ्चालक सङ्घका प्रतिनिधि एवं आधिकारिक व्यवस्थापक घनश्यामराज आचार्यको भनाइ छ । उनका अनुसार नेपालमा साना विमान बढी मात्रामा दुर्घटनामा पर्ने गरेका थिए । एटिआर नै दुर्घटनामा परेको पहिलो पटक हो । नेपालको भौगोलिक बनावट, विमानस्थलको क्षमता तथा यात्रु संख्यालाई ध्यान दिएर एटीआर सिरिजका विमान ल्याइएको बताउने गरिएको छ ।

आचार्यका अनुसार एटीआर सिरिजका विमानले इञ्जिनमा कुनै प्राविधिक समस्या देखिए जानकारी दिन्छ । हवाई दुर्घटनापछि गठन गरिने छानबिन समितिले दिएका प्रतिवेदन कार्यान्वयन हुन नसक्दा समस्या दोहोरिने गरेको विज्ञहरूको भनाइ छ । सरकारले हवाई दुर्घटनालगत्तै अनुसन्धानका लागि पटक–पटक उच्चस्तरीय छानबिन समिति बनाउने, प्रतिवेदन तयार पार्ने र कार्यान्वयनका लागि सिफारिस गर्ने गरेको छ । तर, प्रतिवेदन कार्यान्वयन गर्नेतर्फ ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेको छ ।

आन्तरिक उडानतर्फ आज बिहान पोखरामा भएको यती एयरलाइन्सको दुर्घटना पनि आफैमा ठूलो हो । सरकारले पोखरामा आज बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे छन् ।

सदस्यहरूमा हवाई विज्ञद्वय दीपकप्रकाश बाँस्तोला ९अवकाशप्राप्त उपरथी० र सुनिल थापा अवकाशप्राप्त क्याप्टेन तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ थापा छन् भने सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।आयोगले दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ ।

सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो । समितिले ४५ दिनभित्र प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । कतिपय हवाई दुर्घटना मानवीय र प्राविधिक कारणले हुने गरेको छ । त्यसमा विमानको प्राविधिक पक्षले पनि काम गर्दछ । तर, हवाई सुरक्षाको विषयलाई प्रत्येक मुलुकले उच्च प्राथमिकतामा राख्ने गरेका छन् । अन्तरराष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ०ले पनि हवाई सुरक्षाका विषयमा विशेष ध्यान दिँदै दुर्घटनाको जोखिम कम गर्न सहजीकरण गर्दै आएको छ । समस्या न्यून हुनुको साटो बरु बढ्दै गएको छ ।

समस्या लगातार बढ्दै गएका कारण कुनै न कुनै रूपमा समाधानको दीर्घकालीन प्रयत्न जरुरी रहेको आवश्यकतासमेत महसुस भएको छ । यती एयरलाइन्सकाको विमान दुर्घटनापछि हवाई सुरक्षाका विषयमा चासो र चिन्ता बढेको छ । विभिन्न खालका आशंका र अनुमान पनि आएका छन् । तर, सरकारले उच्चस्तरीय आयोग गठन गरिसकेको सन्दर्भमा आयोगको प्रतिवेदन नआई यसै भन्न नसकिने विज्ञ तथा जानकारको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरका अनुसार आजको दुर्घटना नेपालको हवाई उड्डयन क्षेत्रकै दुर्भाग्य हो । उनले दुर्घटनाको कारणको खोजी गरी त्यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।

‘यो आफैमा ठूलो र दुर्भाग्यपूर्ण घटना हो । तथ्य र कारण खोजी गरेर समाधानको उपाय खोजी गर्नुपर्छ,’ मानन्धरले भने, ‘हाम्रो आकाशको अवस्था, विमानको प्राविधिक अवस्था तथा एयर ट्राफिक कन्ट्रोलमा खटिने कर्मचारीको अवस्थाका बारेमासमेत अध्ययन गर्नुपर्ने सुझाव दिइएको थियो । नेपालमा पहिलो अन्तरराष्ट्रिय हवाई दुर्घटना बाराको सिमरामा भएको थियो । सन् १९५५ मा कालिगा एयरको विमान दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाएका थिए । यस्तै, सन् १९५६ र १९५८ भारतीय एयरलाइन्सका दुई विमान दुर्घटना भएका थिए । ती दुर्घटनामा ३४ यात्रुको ज्यान गएको थियो । यस्तै, १९९२ मा थाई एयरको विमान दुर्घटना हुँदा ११३ जनाको ज्यान गएको थियो ।

सन् १९९२ मै पाकिस्तान एयरलाइन्सको विमान दुर्घटनामा प¥यो र ५७ जनाले ज्यान गुमाएका थिए ।सन् १९९० मा लुफ्थान्सा एयरको विमान दुर्घटनामा प¥यो र पाँच जनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा अवतरणको क्रममा टर्किस एयरको विमान दुर्घटनामा मानवीय क्षति भने भएन । पटक–पटक दोहारिएका यस्ता हवाई दुर्घटनाको खास कारण खोजेर आगामी दिनमा समस्या आउन नदिन सम्बद्ध पक्षले विशेष ध्यान दिनु आवश्यक छ । सन् २०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एअरको एउटा विमान धावनमार्गको छेउमा रहेका दुई ओटा हेलिकोप्टरमा गएर ठोकिँदा कम्तीमा तीन जनाको मृत्यु भएको थियो ।

यस्तै, सन् २०१९ को फेब्रुअरीमा एयर डाइनेस्टीको हेलिकोप्टर ताप्लेजुङमा पाथिभरा नजिकै दुर्घटनामा पर्दा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । सन् २०१८ को सेप्टेम्बरमा गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटबीच रहेको एउटा जंगलमा दुर्घटनाग्रस्त हुँदा १ जापानी पर्यटक र अन्य ५ जनाको मृत्यु भएको थियो । मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको यूएस बाङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो । यस्तै गत जेठ १३ गते यतिकै भगिनी संस्था तारा एयरको ट्वीनअटर जहाज मुस्ताङमा दुर्घटनामा परी २२ जनाको ज्यान गएको थियो ।

हालै मात्र सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नजिक भएको दुर्घटना आफैमा ठूलो मानवीय क्षतिसहितको दुर्घटना भएकाले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण हुनु स्वाभाविक नै हो । नेपालको हवाई दुर्घटनाको इतिहासलाई हेर्ने हो भने हालसम्म ६ दर्जन विमान दुर्घटनामा परेका छन् । सन् १९९१ जुन ९ मा नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा परेको थियो । काठमाडौंबाट लुक्लाका लागि उडानमा रहेको सो विमान दुर्घटनामा पर्दा चालक दलका ३ सदस्यसहित १४ जनाको निधन भएको थियो । नेपालमा पहिलो हवाई दुर्घटना १९७३ अक्टोबर ६ मा भएको थियो । सोही आधारमा हेर्ने हो भने हालसम्म नेपालमा १०८ औं हवाई दुर्घटना हो । यति एयरलाइन्सको हकमा भने यो चौंथो दुर्घटना हो ।

सम्बन्धित खबर