LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौँबाट पोखराका लागि आज बिहान उडेको यती एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु सवार थिए ।यहाँस्थित अमेरिकी राजदूतावासले सामाजिक सञ्जालमार्फत उक्त दुःखद दुर्घटना अत्यन्त मर्माहत भएको उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेको छ । यसैगरी चिनियाँ राजदूत छेन सोङले ट्विट गर्दै विमान दुर्घटनाले निकै स्तब्ध भएको उल्लेख गर्दै दुःखद घडीमा नेपाली जनताका साथमा रहेको बताएका छन् । उनले विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

सम्बन्धित खबर