काठमाडौं । नेपालमा विमान दुर्घटना हुनु सामान्य जस्तो भएको छ । तथ्याङ्क नेपालमा विभिन्न कालखण्डमा भएका आन्तरिक र विदेशी उडानमा सयौंले ज्यान गुमाई सकेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००० यता २२ वर्षमा नेपालमा २२ ओटा विमान दुर्घटना हुँदा ३५९ जनाले ज्यान गुमाएका छन् । यसमा सबैभन्दा धेरै ७ ओटा दुर्घटना यती र तारा एयरका भएका छन् । जुन करीब एक तिहाइ संख्या हो ।प्राधिकरणले प्रकाशन गरेको उड्डयन सुरक्षा रिपोर्ट २०२२ अनुसार विमान दुर्घटनाको धेरै जोखिम हुने पाँच महीनामास सेप्टेम्बर, अक्टोबर, नोभेम्बर, डिसेम्बर र जनवरी रहेका छन् ।
त्यस्तै सन् २०२३ को जनवरीमै आइतवार कास्कीको पोखरा अन्तरराष्ट्रिय विमानस्थल नजिकै सेती खोंचमा यती एयरलाइन्सको एटीआर ७२ जहाज दुर्घटना भएको छ । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त जहाजमा चालक दलका ४ सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एसीएनसी विमान करिब ११स्१० बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनामा परि ६८ जनाको मृत्यु भइसकेको छ भने ४ जना बेपत्ता छन् ।
दुर्घटनाको थप विवरणहरू भने आउन बाँकी नै छ ।यीहुन् १५ जना भन्दा बढीले ज्यान गुमाएका दर्जन दुर्घटना नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सन् २००० यता १५ जना भन्दा बढीले ज्यान गुमाएका १४ विमान दुर्घटना छन् । सन् २००० यता भएको दुर्घटनाहरूमा आज भएको पोखरा विमान दुर्घटना नै सबैभन्दा ठूलो हो । आइतवार बेलुका ८ बजेसम्म ६८ जनाको शव फेला परिसकेको छ । ४ जना भने बेपत्ता छन् ।त्यसपछि भने २०१८ मार्च १२ मा भएको युएस(बंगला एयरलाइन्सको विमान दुर्घटना दोस्रो ठूलो दुर्घटना हो । अन्तरराष्ट्रिय एयरलाइन्स अन्तर्गत भने यो नै सबैभन्दा ठूलो दुर्घटना पनि हो । जसमा ५१ जनाले ज्यान गुमाएका थिए ।
नेपाल एयरलाइन्स सन् २०००
सन् २००० जुलाई २७ मा नेपाल एयरलाइन्सको ट्वीन अटर बझाङ विमानस्थलबाट धनगढी विमानस्थलतर्फ जाँदै गर्दा दुर्घटनामा परेको थियो । दुर्घटनामा तीन जना चालक दलका सदस्यहरू र २२ यात्रुहरू गरी कुल २५ जनाले ज्यान गुमाएका थिए । सांग्रीला एयर( सन् २००२ अगष्ट २२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए।
यती एयरलाइन्स सन् २००८
सन् २००८ अक्टोबर ८ मा यती एयरलाइन्सको ट्वीन अटर सोलुखुम्बुको ९लुक्ला० तेन्जिङ(हिलारी विमानस्थलमा अवतरणको अन्तिम समयमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा १४ जना विदेशी पर्यटक सहित १८ जनाले ज्यान गुमाएका थिए । उक्त दुर्घटनामा विमानका कप्तान सुरेन्द्र कुँवर मात्र बाँचेका थिए ।
तारा एयर सन् २०१०
सन् २०१० डिसेम्बर १५ मा खोटाङबाट काठमाडौंको लागि उडेको तारा एयरको विमान बिच बाटैमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।
बुद्ध एयर सन् २०११
सन् २०११ सेप्टेम्बर २५ मा बुद्ध एयरको बिचक्राफ्ट १९०० डी ललितपुरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालक दलका सदस्यहरू र यात्रुहरू गरी १९ जनाले ज्यान गुमाएका थिए ।
सीता एयर सन् २०१२
सन् २०१२ अक्टोबर २८ मा सीता एयरको एसटी ६०१ विमान काठमाडौंमा आपतकालीन अवतरण गर्ने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यहरू र यात्रुहरू गरी १९ जनाले ज्यान गुमाएका थिए ।
अग्नी एयर सन् २०१२
सन् २०१२ मे १४ मा अग्नी एयरको विमान मुस्ताङको जोमसोममा दुर्घटना भएको थियो । दुर्घटनामा १५ जनाले ज्यान गुमाएका थिए ।
नेपाल एयरलाइन्स सन् २०१४
सन् २०१४ फेब्रुअरी १६ मा नेपाल एयरलाइन्सको विमान अर्घाखाँचीमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका थिए ।
तारा एयरलाइन्स सन् २०१६
सन् २०१६ फेब्रुअरी २४ मा तारा एयरलाइन्सको विमान म्याग्दीमा दुर्घटना भएको थियो । दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए ।
युएस बंगला एयरलाइन्स सन् २०१८
सन् २०१८ मार्च १२ मा यूएस बंगला एयरलाइन्सको विमान काठमाडौंमा अवतरण गर्ने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भित्रै दुर्घटना भएको थियो । दुर्घटनामा ७१ यात्रु मध्ये ५१ जनाले ज्यान गुमाएका थिए ।
तारा एयर सन् २०२२
सन् २०२२ मे ३० मा हराएको तारा एयरको जेट विमान मुस्ताङको थासाङ क्षेत्रमा रहेको सानो स्वारे भीरमा दुर्घटना भएको थियो । दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए ।
यती एयर – सन् २०२३
सन् २०२३ जनवरी १५ मा यति एयरको एटिआर ७२ विमान पोखरामा दुर्घटना भएको छ । विमानमा सवार ६८ यात्रुले ज्यान गुमाइसकेका छन् । ४ जनाको खोजी कार्य जारी रहेको छ ।
नेपालमा कहिले कहिले विमान दुर्घटना भए रु
नं मिति विमान दुर्घटना स्थल मृत्यु संख्या
१ सन् २००० नेपाल एयरलाइन्स बझाङ् १ जना
२ सन् २००० नेपाल एयरलाइन्स डडेलधुरा २५ जना
३ सन् २००२ स्काईलाईन एयरवेज सुर्खेत ४ जना
४ सन् २००२ सांग्रीला एयर पोखरा १८ जना
५ सन् २००४ बुद्ध एयर टिआईए १ जना
६ सन् २००४ यती एयरलाइन्स सोलुखुम्बु ३ जना
७ सन् २००६ यती एयरलाइन्स जुम्ला ९ जना
८ सन् २००८ यती एयरलाइन्स लुक्ला १८ जना
९ सन् २०१० अग्नी एयर मकवानपुर १४ जना
१० सन् २०१० तारा एयर ओखलढुङ्गा २२ जना
११ सन् २०११ बुद्ध एयर ललितपुर १९ जना
१२ सन् २०१२ अग्नी एयर जोजसोम १५ जना
१३ सन् २०१२ सीता एयर भत्तपुर १९ जना
१४ सन् २०१४ नेपाल एयरलाइन्स अर्घाखाँची १८ जना
१५ सन् २०१६ एयर काष्ठमण्डप कालिकोट २ जना
१६ सन् २०१६ तारा एयर म्याग्दी २३ जना
१७ सन् २०१७ समिट एयर लुक्ला २ जना
१८ सन् २०१८ युएस बंगला एयरलाइन्स टिआईए ५१ जना
१९ सन् २०१८ मकालु एयर सिमिकोट २ जना
२० सन् २०१९ समिट एयर लुक्ला ३ जना
२१ सन् २०२२ तारा एयरलाइन्स मुस्ताङ् २२ जना
२२ सन् २०२३ यती एयरलाइन्स पोखरा ६८ जना
कुल ३५९ जना
स्रोतस् नेपाल नागरिक उड्डयन प्राधिकरण
पोखरा दुर्घटनाको पूर्ण विवरण आउन बाँकी