LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा सत्ता गठबन्धन दल नेकपा एमालेका सासद रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।
मंगलवार प्रदेश सभामा सभामुखको लागि भएको निर्वाचनमा मण्डलले वहुमतले विजयी भएका हुन् । प्रदेश सभा उपस्थित कुल १ सय ३ सासद मध्ये मण्डललको पक्षमा ७४ जना सासदले मतदान गरेका छन् भने उनको विपक्षमा २९ मत परेको थियो । नेकपा एसको समर्थनमा नेपाली काँग्रेसले सासद जंगिलाल यादवलाई सभामुखका उम्मेदवार बनाएको थियो ।


मण्डललको प्रस्तावमा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साह रहेका थिए । सभामुखको लागि मण्डलकै पक्षमा सभाको आघि भन्दा बढी मत देखिएपछि सभाअध्यक्ष गोविन्द वहादुर न्यौपानेले काँग्रेसका उम्मेदवार यादवको पक्षमा मतदान गरेनन् ।

सम्बन्धित खबर