LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले सबै नेपालीमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्नेगरी काम गर्ने बताएका छन्।मंगलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पुगेर कार्यभार सम्हाल्दै मन्त्री गिरीले सबै नेपालीहरुमा स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्न सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताएका हुन।उनले सबै पालिकाहरुमा निर्माणाधिन अवस्थामा रहेका अस्पतालहरुमा आवश्यक जनशक्ति र उपकरणहरुको व्यवस्थापनमा पनि ध्यान दिइने बताए । उनले जनताहरुले गुणस्तरीय सेवा लिन सकुन् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै त्यसका लागि रफ्तारमा काम अगाडी बढाउने बताए ।‘

सबैभन्दा महत्वपूर्ण कुरा के हो भने आम नेपाली जनताको, खासगरी सिमान्तकृत जनताहरु, उपेक्षामा परेका जनताहरु, पछाडी परेको जनताहरु, विपन्न जनताहरुसम्म स्वास्थ्य सेवाको पहुँचलाई सुनिश्चित गर्नेकुरा हाम्रो मुख्य चुनौति हो, उनले भने, त्यो पूरा गर्नेगरी हामीले सम्पूर्ण ध्यान त्यसमा केन्द्रित गर्छौं । अहिले सबै पालिकाहरुमा ५ देखि १५ बेडसम्मका अस्पतालहरु निर्माणको प्रक्रियामा छन् । त्यहाँ आवश्यक जनशक्तिहरु व्यवस्थापन गर्नुपर्ने होला । इक्वीपमेण्टहरुको व्यवस्थापन गर्नुपर्ने होला ।

गाउँका जनताले नजिकैबाट गुणस्तरीय स्वास्थ्य सेवा लिन सकुन् । हाम्रो चाहाना त्यो हुन्छ ।ुत्यसका लागि एकदम द्रुत गतिमा रफ्तारका साथ कामलाई अगाडी बढाउने भन्दै अहिले भइराखेका जतिपनि अस्पतालहरु छन्, त्यहाँ इक्विपमेण्टको अवस्था के छ रु गुणस्तरीय स्वास्थ्य सेवा दिनका लागि के के अवरोधहरु छन् रु ति सबै कुराहरुको पहिचान गरेर त्यसलाई समाधान गर्नेतर्फ पनि ध्यान दिएर काम अगाडी बढाउने बताए ।मन्त्री गिरीले स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने बताए । उनले सबै नागरिकहरुलाई स्वास्थ्य बीमाको दायराभित्र ल्याउने र गुणस्तरीय स्वास्थ्य सेवा दिने बताए ।

‘नेपालमा शिक्षा, स्वास्थ्यमा विकराल समस्या छ । गरिव जनताको पहुँचभन्दा बाहिर छ । उपचार नपाएर मर्नुपर्ने स्थिति छ, उनले भने स्वास्थ्य बीमाको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन कसरी गर्न सकिन्छ यसका कहाँ कहाँ के के समस्याहरु छन् ति समस्याहरु पनि हामीले बुझेर स्वास्थ्य बीमालाई अझै फराकिलो बनाए लिएर जाने । सबै नागरिकहरुलाई त्यसको दायराभित्र ल्याउने र गुणस्तरिय स्वास्थ्य सेवा दिने ।’

सम्बन्धित खबर