LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । नवनियुक्त शहरी विकासमन्त्री विक्रम पाण्डेले सबैभन्दा पहिला देशभरका तुइन विस्थापित गरेर झोलुङ्गे पुल बनाउने प्रतिवद्धता जनाएका छन् । मंगलवार शहरी विकासमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पाण्डेले यस्तो प्रतिवद्धता जनाएका हुन् । नेपालको पश्चिम क्षेत्रमा खोलामा झोलुङ्गे पुल नहुँदा तुइनबाट खोला तर्नुपरेको र तुइनबाट खोलामा खसेर मुत्यु हुने गरेकाले यसलाई विस्थापित गर्ने उनको भनाइ छ । उनले तुइन हटाएर झोलुङ्गे पुल बनाउन नसक्ने मन्त्रालयको औचित्य नहुने बताए । मन्त्री पाण्डेले कालीगण्डकी क्षेत्रमा हरेक आधाघण्टाको फरकमा झोलुङ्गे पुल निर्माण गरिने प्रतिबद्धता गरे । उनले शहरी विकास मन्त्रालयमा गर्नुपर्ने कामको प्राथमिकताका आधारमा काम गर्ने बताए । मन्त्री पाण्डेले विकास निर्माणका रोकिएका कामको छानबिन गरी भएका समस्या तत्काल समाधान गर्ने योजना रहेको बताए । उनले काम शुरु भएर पनि सम्पन्न नभएका काम तत्काल पूरा गर्नको लागि मन्त्रालयमा आएको उनको भनाइ छ ।

सम्बन्धित खबर