LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

जनकपुरधाम, मधेश प्रदेश सभाको उपसभामुखमा सत्ता गठबन्धन दल जनमत पार्टीबाट समानुपातिक सासद भएकी सप्तरी निवासी बबिता राउत ईसरले उपसभामुखमा निर्वाचित भएकी हुन् ।
प्रदेश सभामा उपस्थित १ सय १ सासद मध्ये मत विभाजन हुदाँ बबिता राउतको पक्षमा ७२ र विपक्षमा २९ जना सासदले हस्ताक्षर गरेका छन् । नेपाली काँग्रेसको समर्थनमा नेकपा एसबाट उपसभामुखमा उम्मेदवारि दिएकी बेचि लुंगेलि भने पराजित भएकी हुन् ।
मंगलवार नै प्रदेश सभाको पहिलो कार्य सुचिमा सभामुखको लागि भएको निर्वाचनमा सत्ता गठबन्धन दल नेकपा एमालेका सासद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट निर्वाचित मण्डललाई प्रदेश सभामा उपस्थित १०३ सासद मध्ये मत विभाजन हुदाँ ७४ जना सासदले पक्षमा मत जाहेर गरेका थिए भने नेकपा एसको समर्थनमा नेपाली काँग्रेसका तर्फबाट सभामुखका उम्मेदवार जंगिलाल राय यादव पराजित भएका थिए ।
यसैबीच, मंगलवार नै मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिने भनिएपनि आज सभामुखको चुनाव नै ढिलो गरि सुरु भएकोले भोलि बुधवारको लागि उक्त कार्यक्रम सारिएको छ । मुख्यमन्त्री यादवले भोलि बुधवार विश्वासको मत लिने प्रदेश सभाले जनाएको छ । भोलि बुधवार विहान ११ वजे प्रदेश सभाको वैठक राखिएको छ ।

 

सम्बन्धित खबर