LIVE
एसइइको रिजल्टमा सुधार ल्याउन स्वयंमसेवक शिक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार |

जनकपुरधाम, मधेश प्रदेश सभाको उपसभामुखमा सत्ता गठबन्धन दल जनमत पार्टीबाट समानुपातिक सासद भएकी सप्तरी निवासी बबिता राउत ईसरले उपसभामुखमा निर्वाचित भएकी हुन् ।
प्रदेश सभामा उपस्थित १ सय १ सासद मध्ये मत विभाजन हुदाँ बबिता राउतको पक्षमा ७२ र विपक्षमा २९ जना सासदले हस्ताक्षर गरेका छन् । नेपाली काँग्रेसको समर्थनमा नेकपा एसबाट उपसभामुखमा उम्मेदवारि दिएकी बेचि लुंगेलि भने पराजित भएकी हुन् ।
मंगलवार नै प्रदेश सभाको पहिलो कार्य सुचिमा सभामुखको लागि भएको निर्वाचनमा सत्ता गठबन्धन दल नेकपा एमालेका सासद रामचन्द्र मण्डल निर्वाचित भएका छन् । धनुषा निर्वाचन क्षेत्र नम्बर १ को ख बाट निर्वाचित मण्डललाई प्रदेश सभामा उपस्थित १०३ सासद मध्ये मत विभाजन हुदाँ ७४ जना सासदले पक्षमा मत जाहेर गरेका थिए भने नेकपा एसको समर्थनमा नेपाली काँग्रेसका तर्फबाट सभामुखका उम्मेदवार जंगिलाल राय यादव पराजित भएका थिए ।
यसैबीच, मंगलवार नै मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत लिने भनिएपनि आज सभामुखको चुनाव नै ढिलो गरि सुरु भएकोले भोलि बुधवारको लागि उक्त कार्यक्रम सारिएको छ । मुख्यमन्त्री यादवले भोलि बुधवार विश्वासको मत लिने प्रदेश सभाले जनाएको छ । भोलि बुधवार विहान ११ वजे प्रदेश सभाको वैठक राखिएको छ ।

 

सम्बन्धित खबर