LIVE
सात दलले बहिष्कार प्रदेश प्रमुखले आह्वान गरेको सर्वदलीय बैठक | आन्दोलनरत सात दललाई वार्तामा आउन मुख्यमन्त्री यादवको आग्रह | सभामुखविरुद्धको प्रस्ताव वारे सात दलले लिए उपसभामुख राउतसँग जानकारी | प्रदेशको राजनीतिक अवस्थाप्रति प्रदेश प्रमुख डा.लाभद्वारा चिन्ता व्यक्त | सभामुख मण्डल पदीय म्यार्दा विपरित व्यवहार प्रदर्शन गरेको सात दलको आरोप | धनुषामा गोलि प्रहार गरि वडाध्यक्षको हत्या | मुख्यमन्त्री यादवको नियुक्ति असंवैधानिक भएको भन्दै सात दलको भोलि पनि विरोधमा कार्यक्रम | भित्र मुख्यमन्त्रीको पदभार ग्रहण, बाहिर प्रहरी र प्रदर्शनकारी बीच झडप | दलहरू कांग्रेसलाई नेतृत्व दिन तयार भए राजीनामा दिन तयार छु : मुख्यमन्त्री यादव | विद्रोही सांसद रहबर अन्सारी, ढाल्यो सोनल सरकार ! |

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले ऐतिहासिक र अदभुत विश्वासको मत पाएका छन् ।
मुख्यमन्त्री यादवले प्रदेश सभाको सवै दल र सबै सासदको विश्वासको मत पाएर मधेश प्रदेश सभाको ईतिहासमा नयाँ रेकर्ड दर्ज गराएका हुन् । मुख्यमन्त्री यादवले विश्वासको मत लिने वेलामा सभामा उपस्थित १०२ सासद मध्ये मत विभाजन हुदाँ १ सय २ जना सासदले नै पक्षमा मतदान गरि विश्वासको मत दिएका हुन् । अर्थात मुख्यमन्त्री यादवले सय सयमा प्रतिशत विश्वासका मत पाएका हुन् ।
मधेश प्रदेशका विपक्ष दल नेपाली कांग्रेस,नेकपा एकिकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सरोज कुमार यादवलाई विश्वासको मत दिएको छ ।
काँग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्ण प्रसाद यादवले संघियतालाई संस्थागत विकास र सरकारलाई अस्थिरताबाट जोगाउन विश्वासको मत दिएको बताए । विश्वासको मत दिएरपनि आफ्नो पार्टी प्रदेश सभामा प्रमुख प्रतिपक्षको भुमिकामा रहने नेता यादवले बताए । नेकपा एस, नागरिक उन्नमुक्ति पार्टीले पनि संघियतालाई स्थायित्व दिने उदेश्यले विश्वासको मत दिएको जनाएको छ ।
यसरी वर्तमान मुख्यमन्त्रीलाई सत्तारुढ गठबन्धन दलहरु जसपा,नेकपा एमाले, माओवादी केन्द्र, जनमत, लोसपा, नेपाल संघिय समाजवादी पार्टी, राप्रपाका साथै विपक्षी दल काँग्रेस, नेकपा एस, नागरिक उन्नमुक्ति पार्टी र स्वान्त्र निर्वाचित सासदहरुले पनि विश्वासको मत दिएका छन् ।

 

सम्बन्धित खबर