LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम, ।महोत्तरीमा झा दम्पतीको हत्या गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।घटना भएको दुई वर्षपछि फरार रहेका पिपरा गाउँपालिका ५ बस्ने ७२ वर्षीय तेज नारायण झा नेपाल भारत सिमाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।झा घटना पश्चात फरार भएर भारतको गोवाटी शहरमा पुजारीको काम गर्दै आएका झा बेला बेलामा काकडभिट्टा नाका हुँदै आउजाउ गरिरहेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगंज काठमाडौँको सहयोगमा उनलाई पक्राउ गरिएको हो ।

सिआईबीको सहयोगमा जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटेको टोलीले शुक्रबार झापाको मेचीनगर नगरपालिका ६ स्थित नेपाल भारत सिमानाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष कुमार पोखरेलले जानकारी दिए ।पक्राउ परेका झाले हत्यामा मतियारको भूमिका निर्वाह गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो ।२०७७ साल फागुन १० गते राति महोत्तरीको पिपरा गाउँपालिका वडा नं। ५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीतादेवी छुट्टाछुट्टै ओछ्यानबाट ओछ्यानसहित बेपता भएका थिए ।

बेपता भएको एक महिनापछि चैत १२ गते पिपरा २ अतरार जानेबाटोमा झा दम्पतीको शव सडेगलेको अवस्थामा फेला परेको थियो ।मुसाफिर झाका छोरा मनिष झाले कैलास झा, रामबाबु यादव, सुरेन्द्र यादव, राजेन्द्र भन्ने रजिन्द्र यादव र हरेन्द्र ठाकुर, तेज नारायण झा, तारा देवी झा, बिकास भन्ने बब्लु कुमार झा समेतले अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए ।यसअघि प्रहरीले यस घटनामा ७ जनालाई नियन्त्रणमा लिएकोमा ३ जना कारागारमा रहेका छन् भने चारजना धरौटी दिएर रिहा भएका थिए ।

सम्बन्धित खबर