LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले दलहरुबीच अबको लडाईं राष्ट्रपतिका लागि भएको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा उपसभामुखको निर्वाचनका विषयमा बोल्दै उनले दललहरुले कम्फर्टेबल राष्ट्रपति खोजेको बताए ।अबको लडाईं भनेको राष्ट्रपतिमा हो, सबैलाई कम्फर्टेबल राष्ट्रपति चाहिएको छ । कम्फर्टेबल सभामुख चाहिएको छ’ उनले भने, ‘त्यसले गर्दा राष्ट्रपतिले सभामुखले दूधको दूध पाानीको पानी नियम अनुसार निर्णय गर्न सक्छ, सक्दैन, यो रोगबाट हामी मुक्त हुनुपर्छ ।’नेपालमा दलहरु संसदीय प्रणालीको बखान गर्न नथाक्ने तर त्यसको नियम नमान्ने समस्या देखिएको अध्यक्ष केसीले बताए ।

दलहरुले महिलालाई सभामुखको उम्मेदवार नबनाई उपसभामुखको उम्मेदवार बनाएकामा केसीले विरोध जनाए । उपसभामुखमा सत्तारुढ गठबन्धनको समर्थनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर र विपक्षी दलहरुको समर्थनमा कांग्रेसकी मुक्ताकुमारी यादव उम्मेदवार छन् ।‘दुई जना महिला माननीय उपसभामुखको उम्मेदवार हुनुहुन्छ । सम्बन्धित पार्टीको मान्छेको कुरा सुन्दा उहाँहरु सभामुखको उम्मेदवार पो जस्तो देखेँ’ उनले भने, ‘पार्टीहरुले यति साह्रो बखान गर्नेले सभामुखको उम्मेदवार किन बनाउनुभएन सांसद केसीले नेपाल पितृसत्तात्मक मुलुक भएकाले महिलालाई दोस्रो दर्जाको नागरिक मान्ने चलन रहेको बताए । ‘जो तारिफ भएको छ, जो बखान भएको छ, यो कृत्रिम मात्र हो’ उनले भने, ‘उपसभामुखको अधिकार के हुन्छ रु’

सम्बन्धित खबर