LIVE
ई–रिक्सा चालकको लाइसेन्स प्रक्रियामा सवलिकरण ल्याउन माग | मधेशका जिल्लाहरुमा चैती पर्व मनाईदै | मुख्यमन्त्री यादवद्वारा सय दिनको उपलब्धी सार्वजनिक | मधेश प्रदेशका झण्डै ९१ प्रतिशत उम्मेदवारको जमानत जफत | सिराहामा कानुन व्यवसायीको फर्ममा विस्फोट | मधेशमा मुद्दा होइन, भरोसा बदलियो : किन कमजोर भए मधेशवादी दल र कसरी उदायो रास्वपा ? | महोत्तरीको सोनमा–२ मा भव्य महावीर झण्डा मेला सुरु, महिला कुस्तीदेखि सांस्कृतिक कार्यक्रमसम्म आकर्षण | अन्ततः धनुषा–१ मा नेकपा उम्मेदवार यादवलाई प्रमाणपत्र | घण्टीको दवावमा परिणाम घोषणा ढिलाइ भईरहेको मातृका यादवको आरोप | मधेशमा बहुआयामिक सुरक्षा चुनौती बीच विहिवार मतदान |

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला पक्षको बैठकमा पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतबारे प्रश्न उठेको छ । आइतवार काठमाडौंमा बसेको पार्टी संस्थापनइतरको बैठकमा यसबारे प्रश्न उठेको हो ।बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता चन्द्र भण्डारीले यसबारे कांग्रेस दोधारमा रहेको भन्दै प्रश्न उठ्न थालेकाले छलफल गरेको बताए । उनले पार्टी कार्यकर्ता, मतदाता र नेताहरूमा नै कांग्रेसले स्पष्ट दृष्टिकोण राखेर हिँड्न नसकेकोबारे छलफल गरिएको बताए । कांग्रेस आगामी दिनमा पनि राष्ट्रपति पाउने आशमा बस्ने हो की प्रतिपक्षमा बस्ने हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

‘कांग्रेस किन कन्फ्युजनमा छ ? किन स्पष्ट दृष्टिकोण लिएर हिँड्ने शक्तिहरू छैनन् भन्ने कुराको प्रश्न आम कार्यकर्तामा उठ्न थालेको छ,’ उनले भने, ‘फिनी हराइसक्यो अझै गहुँका कुरा गर्ने ? कांग्रेस प्रतिपक्षमा बस्ने वा अझै पनि राष्ट्रपति पाउँछु की के पाउँछु भनेर हिँड्ने, त्यही हो कांग्रेसको इतिहास ? त्यसका लागि कांग्रेस लडेको हो ? यी तमाम प्रश्नहरूको बारेमा जवाफ दिनको लागि बैठक बसेका हौं । कसैलाई आघात, अपमान, असहज बनाउनको लागि बैठक बसेको होइन ।’

गत पुस २९ गतेको संसद्मा कांग्रेसले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएको थियो । सोही दिन बिहान बसेको पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित संस्थापनइतर पक्षका ५ जनाले असहमति जनाएका थिए ।

सम्बन्धित खबर