LIVE
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत | आमिन हत्या प्रकरण ः आरोपीका आमाबुवासमेत कानुनी घेरामा | अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन |

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरिएको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा सो प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।समितिमा सांसदहरू अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडू, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल, महेशप्रसाद गर्तौला, रमेश लेखक, लिलानाथ श्रेष्ठ, विद्या भट्टराई, शक्तिबहादुर बस्नेत, सर्वेन्द्रनाथ शुक्ला, सिता गुरुङ, सुवासचन्द्र नेम्वाङ, सोभिता गौतम, हितराज पाण्डे र ज्ञानेन्द्रबहादुर शाही छन् ।

समितिले १५ दिनभित्र सो मस्यौदा तयार पारी प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यादेश दिइएको सांसद देवेन्द्र पौडेलले जानकारी दिए । नेपालको संविधानको धारा १०४ को उपधारा १ बमोजिम प्रतिनिधिसभाले आफ्नो कार्य संचालन गर्न, बैठकको सुव्यवस्था कायम गर्न र समिति गठन, कारबाही र प्रतिनिधिसभा समितिको कार्यविधि नियमित गर्न र प्रतिनिधिसभाको अन्य कार्यमा सहजता ल्याउन आवश्यक भएकाले सो मस्यौदा समिति गठन गरिएको हो ।

सम्बन्धित खबर