LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान स्टारर फिल्म ‘पठान’ भोलि बुधबार देखि विश्वका १०० भन्दा बढी देशमा रिलिज हुँदैछ । भारतबाहेकका मुलुकमा यो फिल्म २५ सय पर्दाबाट रिलिज हुन लागेको बलिउड सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या बलिउडका लागि अहिलेसम्मकै उच्च रहेको जनाइएको छ ।नेपालमा समेत यो फिल्म १५० भन्दा बढी हलमा रिलिज हुँदैछ । पठानको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टका अनुसार बन्द भइसकेका ६ वटा नेपालका हल ‘पठान’सँगै पुनः सञ्चालन हुँदैछन्, जसमा मोरङको विराटचोक, पाल्पा, गोरखा, सर्लाहीको बरथहवा, दोलखाको चरिकोट र उदयपुरको गाईघाटमा रहेका हलहरु छन् ।

‘सधै‌भरि पुनः सञ्चालन हुने योजनासहित यी हल चल्न लागेका हुन्,’ कम्पनीका मनोज राठीले अनलाइनखबरसँग भने ।भारतमा भने बन्द भइसकेका २५ हल ‘पठान’ रिलिजसँगै पुनः सञ्चालनमा आउन लागेको जनाइएको छ ।नेपालमा बुधबारका ९० प्रतिशत शो मंगलबारसम्मै अग्रिम बिक्री भइसकेको छ । वितरक राठीले बुधबारको ओपनिङमा अकुपेन्सी शतप्रतिशत पुग्ने र डेढदेखि दुई करोड रुपैयाँ ग्रस कमाउने दाबी गरे । कबड्डी ४ को कुल ओपनिङको आधा पठानले गर्ने उनको तर्क छ । कबड्डी ४ को ओपनिङ २ करोड ९० लाख रुपैयाँ ग्रस थियो ।

हलहरु थपिएको र सोलो रिलिज भएकाले पनि पठानको कमाइमा कुनै अवरोध नआउने अनुमान ब्यांकटेस इन्टरटेनमेन्टको छ । नेपालमा पठानको क्रेज निकै उच्च देखिएको छ भने शाहरुख खानका फ्यानले प्रमुख मल्टिप्लेक्समा बुधबारका केही शो बुकिङ गरिसकेको समेत जनाइएको छ ।झण्डै साढे दुई करोडमा खरिद गरिएको नेपाल राइटको लगानी उठाउन पनि फिल्मले न्यूनतम नौ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ । सुरुवाती चार दिनमा फिल्मको कमाइ साढे चारदेखि पाँच करोड पुग्ने प्रक्षेपण गरिएको छ ।पठानलाई नेपालको सेन्सर बोर्डले २ घण्टा २७ मिनेट लम्बाइ तय गरिदिएको छ । दर्शकले झण्डै तीन घण्टा हलमा बिताउनुपर्नेछ ।

 

सम्बन्धित खबर