LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । कार्बन तटस्थ जीवन बाँच्ने घोषणा गरेका अभिनेता हरिवंश आचार्यले हिंड्डुल र यातायातलाई पनि वातावरणमैत्री बनाउने भएका छन् । यही संकल्प अनुरुप उनले मंगलबार बिजुली गाडी खरिद गरे । ९० लाख रुपैयाँ मूल्य पर्ने बीवाईडी ब्राण्डको एट्टो–३ कार उनले खरिद गरेका हुन् ।
उक्त ब्राण्डले हरिवंशलाई व्यावसायिक दूत समेत बनाएको छ । यसअघि आठ वर्षसम्म स्कार्पियो गाडी चढ्दै आएका उनले बिजुली खपत गर्नुपर्छ भन्ने सन्देश दिन इलेक्ट्रिक गाडी रोजेको बताए ।अब इलेक्ट्रिक गाडी चढ्छु । मैले चढें भने अरुले पनि देख्नुहुन्छ, सिक्नुहुन्छ । पैसा बुझाएको पनि सात महिना भइसकेको थियो । गाडीको आयात बन्द हुँदा ढिलाइ भएको थियो ।

बल्ल आज गाडी चढ्ने मौका पाएँ,’ आचार्यले अनलाइनखबरसँग भने, ‘हामीले विदेशबाट अर्बौंको तेल ल्याउँछौं । धेरै इलेक्ट्रिक गाडी आउने हो भने ऊर्जाको पनि सदुपयोग हुन्छ ।’बिजुली खपतको सन्देश दिन हरिवंशले विद्युत प्राधिकरणसँग मिलेर टेलिसिरियल ‘झिलिमिली’मा अभिनय गर्दैछन् । महसञ्चारले निर्माण गर्न लागेको यो सिरियलको छायांकन आगामी आइतबारदेखि सुरु हुँदैछ । बिजुलीको खपत कसरी बढाउने भन्ने अभियानअनुसार यो सिरियल बनाउन लागेको उनले जनाए । ‘चुल्होमा, सिंचाइमा र गाडीमा बिजुली खपत कसरी गर्न सकिन्छ भन्ने सन्देश दिने कथामा सिरियल बन्नेछ,’ उनले भने । अहिले तीनवटा एपिसोडमा सिरियल सुटिङ हुनेछ ।

गत पुस २ गते आफू अभिनित फिल्म ‘महापुरुष’को ५१ दिन मनाउन आयोजित समारोहमा हरिवंशले बाँकी जीवन कार्बन तटस्थ रुपमा बाँच्ने बताएका थिए । सोही कार्यक्रममा उक्त फिल्मलाई मुलुककै पहिलो कार्बन तटस्थ फिल्म घोषणा गरिएको थियो । साथै, हरिवंशले आफ्नो गाउँ काभ्रेमा डेढ सय रुख रोप्ने तयारी गरेका छन् । आगामी वर्षायामलाई लक्षित गरी गर्न लागिएको वृक्षारोपणका लागि पानी ट्याङ्की निर्माणको कार्य भइरहेको छ ।नेपालले जलवायुसम्बन्धी राष्ट्रसंघीय सम्मेलन ९कोप(२६०मा सन् २०४५ सम्म कार्बन उत्सर्जनलाई खुद शून्यमा झार्ने प्रतिबद्धता जनाइसकेको छ । जसका लागि बिजुली खपत गर्ने योजना सरकारले अघि सारिरहेको छ ।एट्टो–३ इलेक्ट्रिक कारमा ५० किलोवाट र ६०।५ किलोवाट क्षमतायुक्त दुईवटा ब्याट्री रहेका छन्, जसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर यात्रा गर्न सकिने कम्पनीको दाबी छ ।

सम्बन्धित खबर