LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा छापा मारिएको छ । न्याय मन्त्रालयका अधिकारीहरूले बाइडेनको डेलावेयरको विल्मिङटनस्थित निवासमा सो खानतलासी गरेका थिए । १३ घन्टासम्म चलेको सो खानतलासीका क्रममा गोप्यरूपमा चिह्न लगाइएका थप ६ ओटा दस्तावेज भेटिएको बताइएको छ । बाइडेनका केही हस्तलिखित नोटहरू पनि अधिकारीहरूले आफ्नो कब्जामा लिएका छन् ।केही कागजपत्र सन् १९७३ देखि सन् २००९ सम्म बाइडेनले सिनेटमा डेलावेयरको प्रतिनिधित्व गरेको बेलाको भएको बताइएको छ । अन्य सन् २००९ देखि २०१७ को बीचमा बाइडेन बाराक ओबामाको नेतृत्वको सरकारमा उपराष्ट्रपति भएको बेलाका हुन् ।

एक हप्ताअघि मात्रै उनको घरको पुस्तकालयबाट अन्य ६ ओटा गोप्य कागजपत्र भेटिएको थियो । संघीय अधिकारीहरूले अन्य ठाउँमा पनि छापा मार्छन् कि मार्दैनन् ? त्यो भने हेर्न बाँकी छ । यो विषय राष्ट्रपतिको लागि टाउको दुखाइ बनेको छ । यसले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकाल सकिएपछि गोप्य दस्तावेज र आधिकारिक रेकर्डहरू आफैसँग राखेको मुद्दालाई जटिल बनाउने देखिएको छ ।

खनतलासीको बेलामा बाइडेन र उनको पत्नी दुवै घरमा थिएनन् । तर, बाइडेनका निजी र राष्ट्रपति कार्यालयका वकिलहरू थिए ।बाइडेनका निजी वकिलले यसअघि नै रिहोबोथ बिचमा रहेको उनको आवासमा छापा मारेर केही आधिकारिक वा गोप्य कागजपत्र नभेटिएको बताएका थिए । मन्त्रालयले आफ्नो छानबिनको दायरामा रहेका कागजपत्रहरू मात्रै जफ्त गरेको बताइएको छ । बाइडेन उपराष्ट्रपति भएको बेलाको उनले हातले लेखेको नोट पनि मन्त्रालयले लिएको छ । एजेन्सी 

सम्बन्धित खबर