LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले सर्वाधिक ओपनिङ गर्ने हिन्दी फिल्मको कीर्तिमान राखेको छ । फिल्मले बुधबार हिन्दी संस्करणमा मात्र ५० देखि ५२ करोड भारुको हाराहारीमा ओपनिङ गरेको बलिउड हंगामाले जनाएको छ । यो बिदा नभएको दिनमा समेत सर्वाधिक ओपनिङ गर्ने रेकर्ड समेत बनेको  ।भारतीय गणतन्त्र दिवसको पूर्वसन्ध्यामा रिलिज भएको फिल्म देशभर हाउसफुल रह्यो । भारतका तीन ठूला मल्टिप्लेक्स चेन पीभीआर, आईनक्स र सिनेपोलिसमा मात्र फिल्मले २६.५० करोडको कमाइ गरेको तरण आदर्शले जनाएका छन् । यो कुल कमाइको आधा भएको उल्लेख छ ।

गणतन्त्र दिवसको बिदाको दिन भएकाले बिहीबार फिल्मको कमाइमा उछाल आउने आँकलन भारतीय सञ्चारमाध्यमले गरेका छन् । दुई दिनमै १०० करोड पार गर्ने फिल्म समेत पठान बन्ने प्रक्षेपण गरिएको छ । चार दिनको लामो सप्ताहन्त भएकाले फिल्मको कमाइ यसबीच २०० करोड भारु आसपास पुग्ने देखिन्छ । तेलुगू र तमिल संस्करणबाट थप तीन करोड कमाइ भएको जनाइएको छ ।लगातार ठूला फिल्म समेत असफल भइरहेको बेला पठानले भारतीय बक्स अफिसलाई उद्धार गर्ने देखिएको छ । मुम्बई सर्किटमा मात्र पहिलो दिन पठानका २० हजारभन्दा बढी शो आयोजना गरिएको समेत जनाइएको छ । विदेशमा समेत पठानको कमाइ आकर्षक देखिएको उल्लेख छ ।नेपालमा भने पठानको ओपनिङको कमाइ आउन बाँकी छ ।

सम्बन्धित खबर