
काठमाडौं । निर्माताले आर्यन सिग्देलबिनै फिल्म ‘डिसेम्बर फल्स’को दोस्रो श्रृंखला निर्माणको औपचारिक घोषणा गरेका छन् । यसबारे जानकारी दिन सार्वजनिक गरिएको पोस्टरमा उपासना सिंह ठकुरीलाई मात्र चित्रण गरिएको छ । तर सिक्वेलमा आर्यनको सम्भावनाबारे संकेत गरिएको छैन ।पहिलो शृंखलामा प्रमुख भूमिकामा रहेका सिग्देलबिनै पोस्टर सार्वजनिक गर्नुले उनी दोस्रो शृंखलामा नहुने संकेत गर्छ । ‘डिसेम्बर फल्स’को पहिलो भागको अन्त्यमा पनि उपासनालाई मात्र चित्रण गर्नु र आर्यनलाई नगर्नुले पनि यो अनुमानलाई बल पुगेको थियो । फिल्मको रिजोलुसनमा उपासनालाई मात्र चित्रण गरिएको थियो ।