LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

मो.इन्तेखाब आलम
जनकपुरधाम । सुन चाँदी कालिगढ संघ जनकपुरधाम धनुषाकोे निर्वाचनमा नागेन्द्र कुमार ठाकुर अध्यक्ष पदमा निर्वाचित भएका छन । शनिवार राम यूवा कमिटीको प्रागंनमा भएको सुन चाँदी कालिगढ संघ जनकपुरधाम धनुषाको निर्वाचनमा ११ सदस्य कार्य समितीमा निर्वाचित भएका छन । सुन चाँदी कालिगढ संघ जनकपुरधाम धनुषाको भएको निर्वाचनमा नगेन्द्र कुमार ठाकुरले १२८ मत ल्याई अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका प्रतित्वबन्धी विजय कुमार ठाकुरले ९१ मत, र शिव ठाकुरले ७३ मत प्राप्त गरेको सुन चाँदी कालिगढ संघ जनकपुरधामका निर्देशक मनोज ठाकुरले बताए ।

त्यस्तै उपाध्यक्षमा १७० मत ल्याई मनोज कुमार ठाकुर सोनार निर्वाचित भएको उनले बताए । उनका प्रतित्वबन्धी दिनेश ठाकुरले १२८ मत प्राप्त गरेको उनले बताए । त्यस्तै महासचिवमा १५६ मत ल्याएर विरेन्द्र कुमार साह विजय भएका छन । उनका प्रतित्वबन्धी अनिल कुमार साहले १४३ मत प्राप्त गरेको उनले भने । कोषाअध्यक्षमा १६१ मत ल्याई प्रमेश्वर साह विजय भएको उनले बताए । उनका प्रतित्वबन्धी सुमन ठाकुरले १४२ मत प्राप्त गरेको उनले बताए । उक्त चुनावमा सचिव अभिषेक कुमार ठाकुर,सदस्यमा सुखराम साह,अजय कुमार ठाकुर,सुधिर कुमार साह,महेन्द्र ठाकुर गोविन्द कुमार ठाकुर, विकास कुमार श्रीवास्तव भने निरबिरोध चयन भएका छन

सम्बन्धित खबर