LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम ।
भारतको अयोध्यामा निर्माणधिन अवस्थामा रहेको राम मन्दिरको मुख्य मुत्र्ति निर्माणको लागि नेपालको प्रसिद्ध कालीगण्डकीबाट निकालेर जनकपुरधाम ल्याएका दुई वटा देवशिला आज सोमवार भारत पठाईएको छ ।
हिन्दु धर्मग्रन्धमा महत्वपुर्ण मानिएका नेपालको कालिगण्डकी नदिमा निकालिएको उक्त दुई देवशिलालाई जनकपुरधामको जानकी मन्दिरबाट दुई ट्रकमा भारतको अयोध्या पठाईएको हो । गत बुत्रवार कालीगण्डकीबाट धार्मिक मन्त्र तथा धार्मिक विधिविधान अनुसार दुवै देवशिला निकालिएको थियो । त्यहाँबाट शनिवार राती देवशिला जनकपुर ल्याएको थियो । आईतवार जानकी मन्दिर परिसररमा देव शिलाको विशेष पुजापाठ गरिएको थियो सोमवार विहानैदेखि देव शिलाको दर्शनको लागि जानकी मन्दिरको परिसममा भिडलागेको छ ।
मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुई वटा शिलाले भगवान रामको बालस्वरुप मुर्ति तयार गरिने र उक्त मुर्ति राम मन्दिरको गर्भगृहमा राखिने जानकी मन्दिरका महन्थ तपेश्वर दासले जानकारी दिए । कालीगण्डकी नदीबाट ल्याइएको दुई विशाल ‘देवशिला’ लाई आईतवार जानकी मन्दिर परिसरमा राखेर विशेष पूजा गरिएको थियो । जनकपुरधामबाट अयोध्या पठाउने क्रममा भारतको ठाउँ ठाउँमा देव शिलाको विशेष पूजापाठ तथा स्वागत गर्नेे कार्यक्रम रहेको महन्थ दासले बाए ।
म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकालिएको थियो । रामको मूर्ति बनाइने उक्त देवशिलाको दर्शन गर्न आज जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको भीड लागेको थियो । लामो कानुनि लडाई पश्चात भारतीय सर्वोच्च अदालतले मन्दिर निर्माणको पक्षमा आदेश गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अगस्त २०२० मा सो मन्दिरका लागि भुमि पुजन गरेका थिए । जनकपुर र अयोध्या बीच रहेको पौराणिक र ऐतिहासिक सम्बन्ध देशशिलाले अझ प्रगाढ बनाउने काँग्रेस नेता बिमलेन्द्र निधिले बताए ।

सम्बन्धित खबर