LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

काठमाडौं । भारतले नेपाललाई दिने अनुदान सहायता घटाएको छ । वित्त मन्त्री निर्मला सीतारमणले बुधवार पेश गरेको बजेटमा भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरिएको हो । यस वर्ष भारतले नेपाललाई ५ अर्ब ५० करोड भारतीय रुपया (भारु) अनुदान सहायता दिने भएको छ । यो गत वर्षकोभन्दा २ अर्ब कम हो । गत वर्ष भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारु विनियोजन गरेको थियो ।

भुटान र माल्दिभ्सलाई बढाइयो अनुदान रकम

भारतले दिँदै आएको वैदेशिक अनुदानमा भुटान र माल्दिभ्सको रकम बढाइएको छ । यस वर्ष भारतले भुटानलाई २४ अर्ब भारु अनुदान सहायता दिने भएको छ । गत वर्षको बजेटमा भारतले भुटानका लागि अनुदान सहायतामा २२ अर्बभन्दा बढी रकम विनियोजन गरेको थियो । भुटानका लागि छुट्याइएको रकम भारतले यस वर्ष कुनै पनि देशलाई दिने रकममध्ये सर्वाधिक हो । यस्तै भारतले माल्दिभ्सलाई ४ अर्ब भारु अनुदान सहायता दिने भएको छ । गत वर्षको बजेटमा भारतले माल्दिभ्सका लागि अनुदान सहायतामा ३.६ अर्ब भारु विनियोजन गरेको थियो ।

भारतको नयाँ बजेटमा अफगानिस्तानलाई दिने अनुदान सहायता भने गत वर्षकै बराबर छ, जसमा  अफगानिस्तानलाई यस वर्ष २ अर्ब भारु अनुदान सहायता दिइँदै छ । गत वर्षको बजेटमा पनि भारतले माल्दिभ्सका लागि अनुदान सहायतामा २ अर्ब भारु विनियोजन गरेको थियो । यस्तै, भारतले अफ्रिकी देशहरूलाई दिने अनुदान सहायता पनि गत वर्षकै बराबर छ । यस वर्ष भारतले अफिकी देशहरूलाई २.५ अर्ब अनुदान सहायता दिने भएको छ ।

यसैगरी, म्यानमार, बंगलादेश, श्रीलंका, मंगोलियालाई दिने अनुदान सहायता रकम भने घटाइएको छ । भारतले यस वर्ष म्यानमारलाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब, श्रीलंकालाई १.५ अर्ब र मंगोलियालाई ७ करोड भारु अनुदान सहायता दिने बजेटमा उल्लेख छ । गत वर्षको बजेटमा भारतले म्यानमार, बंगलादेश, श्रीलंका र मंगोलियाका लागि अनुदान सहायतामा क्रमशः ६ अर्ब, ३ अर्ब, २ अर्ब र १२ करोड छुट्याएको थियो ।

सम्बन्धित खबर