LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पाँच पटकभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्ने  २ सय ५९ जना सवारी चालकहरूको सवारी चालक अनुमति पत्र निलम्बनको लागि यातायात ब्यवस्था विभागमा पठाएको छ ।ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ बमोजिम चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएकाले सोमवार २५९ लाइसेन्स निलम्बनको लागि यातायता व्यवस्था विभाग मिनभवनमा पठाएको हो ।सोही ऐनको परिच्छेद ४ को दफा ६० बमोजिमको कसुर गरेको हुँदा सवारी चालक अनुमति पत्र निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

निलम्बनका लागि पठाइएका सवारी चालक अनुमती पत्र मध्ये ३६, ३०, २८,१९, १८ र १७ पटक १-१ जना,  २३, २० र १६ पटक २-२ जना, २१ पटक ३ जना, १५, ११ र १० पटक ११-११ जना, १४ पटक ५ जना,  १३ पटक ९ जना,  १२ पटक ८ जना, ९ पटक २४ जना, ८ पटक ३४ जना, ७ पटक ५० जना र ६ पटक ८१ जना चालकहरू ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए । ट्राफिक नियम उल्लंघन गरेको कारणले धेरै जसो सवारी दुर्घटना हुने गरेकाले सुरक्षीत यात्राका लागि ट्राफिक नियम उल्लंघन नगरी सवारी साधन चलाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले अनुरोध गरेका छन् ।

सम्बन्धित खबर