LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

काठमाडौं । शाहरुख खान स्टारर स्पाइ थ्रिलर फिल्म ‘पठान’ले नेपाली बक्स अफिसमा पहिलो साता ६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको छ । मुलुकका डेढ सय पर्दाबाट रिलिज भएको फिल्मले मंगलबारसम्म उक्त कमाइ गरेको फिल्मको नेपाल वितरक ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।गत बुधबार रिलिज भएको फिल्मलाई चार दिन लामो सप्ताहन्तको फाइदा मिलेको थियो । पाँच दिनसम्मै लगातार करोडभन्दा बढीको कमाइ गरेको फिल्म हेर्न दर्शकको उपस्थिति लोभलाग्दो देखियो । सोमबार यताको विकडेजमा पनि फिल्मको अकुपेन्सी ५० प्रतिशत हाराहारीमा देखिन्छ ।

नेपालमा शाहरुख खानको स्टारडमको लोभलाग्दो उपस्थिति दर्शकमाझ छ । हुन सक्छ, चार वर्षपछि रिलिज भएको यो फिल्मलाई लिएर आतुरता थियो । हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार : द वे अफ वाटर’ रिलिज भएपछि सुनसान बनेका नेपाली हलमा पठानले दर्शकलाई तान्न सक्यो ।‘अवतार २’को कमाइ चाहिं नेपालमा झण्डै साढे ९ करोड रुपैयाँ ग्रस छ ।

सम्बन्धित खबर