LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

काठमाडौं । शाहरुख खान अभिनित फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ‘सपनाको दौड’ गर्दैछ । यो गति सुस्त हुने संकेत देखिएको छैन । ट्रेड एनालिस्ट रमेश बालाका अनुसार रिलिजको नवौं दिनमा पठानले विश्व बक्स अफिसमा ७०० करोडको आँकडा पार गरेको छ । फिल्मले दोस्रो बिहीबार १५ करोडदेखि १६ करोड भारु कमाउन सकेको छ ।फिल्मले बुधबार भारतीय बक्स अफिसमा ५५ करोड भारुको ओपनिङ गरेको थियो । हप्ताको मध्यमा रिलिज भएदेखि यसले पाँच दिनको विस्तारित सप्ताहन्तको मज्जा लियो । त्यो समयमा विश्वव्यापी रूपमा ५०० करोड भारुको आँकडा पार गर्न सक्यो । हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बन्यो । सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले अझै ‘केजीएफ  च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानलाई अझै तोड्न सकेको छैन ।पठानले ‘दंगल’को रेकर्ड तोड्ने क्रममा छ । पठानको कमाइ भारतमा अहिलेसम्म ३८७.३८ करोड (नेट) छ । पठान यशराज ब्यानरको नवस्थापित जासूसी ब्रह्माण्डमा आधारित छ ।

यसअघि यो युनिभर्समा एक था टाइगर, टाइगर जिन्दा है र वार फिल्म बनिसकेका छन् ।‘पठान’मा सलमान खान टाइगरको भूमिकामा छन् । फ्यानले पठानमा ऋतिक पनि हुने आशा राखेका थिए तर त्यस्तो भएन । यसबारे निर्देशक सिद्धार्थ आनन्दले भने, ‘हामीले ऋतिक वा अन्य कुनै अभिनेतालाई पनि बोर्डमा राख्न सक्थ्यौं, तर सलमान र शाहरुखलाई फिल्ममा एक्सन गर्ने कुरा यसअघि भएको थिएन । मलाई लाग्छ, अन्तिम पटक जब उनीहरु सँगै एक्सन गरिरहेका थिए भने सन् १९९६ मा करण अर्जुनसँग थियो ।’साथै दीपिका पादुकोण र जोन अब्राहम अभिनित पठान भारतीय हलमा दोस्रो सातामा चलिरहेको छ । यस सप्ताहन्तमा ठूला फिल्म रिलिज नभएपछि पठानकै गतिले निरन्तरता पाउनेछ । शाहरुखको सम्मानकै लागि भनेर कार्तिक आर्यनले ‘शाहजादा’को प्रदर्शन मिति पछि सारिसकेका छन् । अब यो फिल्म फेब्रुअरी १७ मा रिलिज हुनेछ ।

सम्बन्धित खबर