LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपालको एकदिवसीय मान्यता जोगाउन प्रयास गर्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ क्यानबाट प्रमुख प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै पत्रकार सम्मेलन गरेर उनले नेपालका खेलाडीमा क्षमता भएको र त्यहि क्षमताका आधारमा एकैनासको प्रदर्शनको अपेक्षासहित एकदिवसीय मान्यता जोगाउनमा लाग्ने बताएका छन् ।आईसीसी विश्व क्रिकेट लिग टूका बाँकी १२ एकदिवसीय खेल जित्नेतर्फ प्रयास गर्ने उनले बताए । उनले भने, ‘मेरो अहिलेको योजनामा १२ वटा एकदिवसीय खेल र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै हुनेछ ।’

उनले तहगत हिसाबमा नेपालको लागि योजना बनाउँदै जाने बताएका हुन् ।उनले नेपालको ब्याटिङमा पनि क्षमतावान खेलाडी भएको र उनीहरुले क्षमता अनुसार प्रदर्शन गर्न सके नेपालको ब्याटिङ पनि सुध्रिने बताएका छन् ।‘नेपाली खेलाडीमा क्षमता छ । टिममा क्षमता भएका खेलाडी छन् । साथसाथै अनुभवी खेलाडी पनि छन् । टिमका खेलाडी एकवद्ध भएर खेल्नुपर्छ’, उनले भने ।घरेलु मैदानमा नेपालले फागुन २ गतेदेखि लिग टू अन्तर्गत स्कटल्यान्ड र नामिबिया सम्मिलित शृंखला खेल्दै छ ।

सम्बन्धित खबर