LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त प्रमुख प्रशिक्षक मोन्टी देशाईले नेपालको एकदिवसीय मान्यता जोगाउन प्रयास गर्ने बताएका छन् ।

नेपाल क्रिकेट संघ क्यानबाट प्रमुख प्रशिक्षकको जिम्मेवारी पाए लगत्तै पत्रकार सम्मेलन गरेर उनले नेपालका खेलाडीमा क्षमता भएको र त्यहि क्षमताका आधारमा एकैनासको प्रदर्शनको अपेक्षासहित एकदिवसीय मान्यता जोगाउनमा लाग्ने बताएका छन् ।आईसीसी विश्व क्रिकेट लिग टूका बाँकी १२ एकदिवसीय खेल जित्नेतर्फ प्रयास गर्ने उनले बताए । उनले भने, ‘मेरो अहिलेको योजनामा १२ वटा एकदिवसीय खेल र नेपालको एकदिवसीय मान्यता जोगाउने तर्फ नै हुनेछ ।’

उनले तहगत हिसाबमा नेपालको लागि योजना बनाउँदै जाने बताएका हुन् ।उनले नेपालको ब्याटिङमा पनि क्षमतावान खेलाडी भएको र उनीहरुले क्षमता अनुसार प्रदर्शन गर्न सके नेपालको ब्याटिङ पनि सुध्रिने बताएका छन् ।‘नेपाली खेलाडीमा क्षमता छ । टिममा क्षमता भएका खेलाडी छन् । साथसाथै अनुभवी खेलाडी पनि छन् । टिमका खेलाडी एकवद्ध भएर खेल्नुपर्छ’, उनले भने ।घरेलु मैदानमा नेपालले फागुन २ गतेदेखि लिग टू अन्तर्गत स्कटल्यान्ड र नामिबिया सम्मिलित शृंखला खेल्दै छ ।

सम्बन्धित खबर