LIVE
अव वडादेखि नै ईन्जिनियरको दरबन्दी हुनुपर्छ ः अध्यक्ष राउत | अव मधेश प्रदेशमा पनि सरकारी स्तरबाट एमबिबिएसको पढाई हुने | मधेशमा आज चौरचन पर्व मनाइँदै, तीज पनि आजै | डुमरियाको सुर्यनाथ स्मृति अस्पताल चलाउने प्रदेश सरकारको तयारी | वर्तमान सत्ता गठबन्धन २०८४ को चुनाव सम्म कायम रहन्छ ः काँग्रेस प्रवक्ता महत | ज्ञानकुप विद्यालयको छात्रावास भवनको उद्घाटन | जउवा संघको उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध | मधेशमा सहकारी संस्थाहरुलाई निगरानि गर्न रजिस्ट्रार कार्यालय स्थापना | समानुपातिक प्रणाली हटाए मुलुकमा महाभारत हुन्छ ः जसपा नेपाल अध्यक्ष यादव | धनुषाको महेन्द्रनगर डिपोमा हत्या भएको बर्माको शव बुझन परिवारजनले गरे इन्कार |

काठमाडौं । मंगलवार नेप्से परिसूचक ७६ दशमलव ६४ अंक बढेको छ । यस दिन परिसूचक २ हजार १७७ दशमलव ३४ विन्दुमा पुगेको हो ।कारोबारमा आएका २६० धितोपत्रको ९३ लाख ३३ हजार ७८८ कित्ता शेयर ५९ हजार ९२७ पटकमा रू. ३ अर्ब ३६ करोड बराबरको शेयर कारोबार भएको छ ।विगत केही दिनदेखि घटेको बजारमा पुन: लगानीकर्ता खरीदतर्फ आकर्षण भएका देखिन्छन् । आज छोटो समयमै बजार २० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो । प्रोफिट बुक गरी बसेको लगानीकर्ताले बजार घटेसँगै खरीदतर्फ आकर्षित हुँदा बजार बढेको देखिन्छ ।

सोमवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् । उक्त प्रतिवेदनमा शोधनान्तर बचतको अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्सलगायत अर्थतन्त्र सूचकहरूमा सुधार भएको उल्लेख छ ।पछिल्लो समय बैंकमा तरलता अवस्थामा सुधार हुँदै गएको छ । सीडी रेसियो, अन्तर बैंक ब्याजदर लगायतका सूचकहरू निकै तल आइसकेका छन् । यी कारणले गर्दा अब बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरूको भनाई छ । बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीमा परेको छ ।

कारोबारमा आएका धितोपत्रमध्ये चार धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बरुण हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, राधी विद्युत कम्पनी र आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । त्यस्तै मंगलवार आईसीएफसी फाइनान्सको आईसी एफसीडि ८३ नामक ऋणपत्रको मूल्य ५ दशमलव ९० प्रतिशत घटेको छ ।ऋणपत्र मूल्य रू. १ हजार १२ दशमलव २० कायम भएको हो । ऋणपत्रको मूल्य घट्ने सूचीको दोस्रोमा एभरेष्ट बैंकको यीबिएलडि ८६ छ । उक्त ऋणपत्रको मूल्य १ दशमलव ९५ प्रतिशत घटेर रू. ७३० दशमलव १० कायम भएको छ ।

आज सर्वाधिक शेयर खरीदविक्री एनआईसी एशिया बैंकको भएको छ । कम्पनीको रू. १२ करोड ९२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । यस कम्पनीको शेयर मूल्य रू. ८३५ कायम भएको छ ।यो सूचीमा दोस्रोमा ङादी ग्रुप पावर कम्पनी छ । उक्त कम्पनीको रू. ११ करोड ३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचक समग्र बढेसँगै नेप्से परिसूचक बढेको हो ।सबैभन्दा बढी लगानी समूहको परिसूचक ६ दशमलव २५ प्रतिशत वृद्धि भएको छ । त्यस्तै विकास बैंक समूहको ५ दशमलव ०७ प्रतिशत, वित्त समूहको ५ दशमलव ९४ प्रतिशत र हाइड्रोपावर समूहको ५ दशमलव ३१ प्रतिशत वृद्धि भएको छ ।

सम्बन्धित खबर