LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार पनि नेप्से परिसूचक घटेर बन्द भएको छ ।यस दिन परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २१ दशमलव १५ अंक घटेर २ हजार ७० दशमलव ४१ विन्दुमा झरेको छ । लगातार चार कारोबार दिनमा नेप्से परिसूचक ११२ दशमलव २२ अंक घटेको छ । गत शुक्रवार भएको मौद्रिक नीतिको समीक्षामा शेयर बजारको विषय नसमेटिँदा लगानीकर्ता निरुत्साहित भएको बताइएको छ ।

बजार घट्दै जाँदा कारोबार रकम पनि घट्दै गएको छ । लगानीकर्ताहरूले घटेको बजारमा शेयर बेच्न चाहेका छैनन् भने खरीदकर्ता पनि आकर्षित नभएको देखिन्छ । शेयर बजार घटबढ भइरहन्छ, लगानीकर्ताले लगानी गर्नूपूर्व कम्पनीको आधारभूत र प्राविधिक पक्ष राम्रोसँग केलाएर लगानी गरेमा प्रतिफल प्राप्त हुने जानकारहरू बताउँछन् ।बिहीवार कारोबारमा आएका २५६ धितोपत्रको ४७ लाख ४७ हजार ५६७ कित्ता ३५ हजार ७९ पटकमा रू. १ अर्ब ६८ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा लार्ज क्याप फण्डको इकाई मूल्य सबैभन्दा बढी ७ दशमलव ६५ प्रतिशत वृद्धि भएको छ ।

इकाई मूल्य रू. ९ दशमलव शून्य १ पुगेको छ । त्यस्तै दोस्रोमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको शेयर मूल्य ५ दशमलव २३ प्रतिशत बढेर रू. ३४२ कायम भएको छ ।
बिहीवार युनिलिभर नेपालको शेयरधनीले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशमलव ९१ प्रतिशत घटेर प्रतिकित्ता रू. २० हजार ७ सय कायम भएको छ । त्यस्तै दोस्रोमा सिटिजन म्युचुअल फण्ड १ को इकाई मूल्य ५ दशलमव ७८ प्रतिशत घटेर रू. ८ दशमलव ४८ कायम भएको छ ।

यस दिन हिमालयन डिष्टिलरीको सर्वाधिक शेयर खरीदविक्री रू. ५ करोड ३८ लाख बराबर भएको छ । कम्पनीको प्रतिकित्ता शेयर मूल्य रू. २ हजार ५२४ छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा अपि पावर कम्पनीको रू. ५ करोड १३ लाख बराबर कारोबार भएको छ ।बिहीवार कारोबारमा आएका १३ ओटै समूहको परिसूचक समग्र घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ९३ प्रतिशत घटेको छ ।

सम्बन्धित खबर