LIVE
सडक सुरक्षा प्रदेश सरकारको प्राथमिकता ः मन्त्री राय | दुर्घटना परेर सिरहामा ३ र बारामा एक जनाको मृत्यु | करेन्ट लागेर धनुषामा एक महिलाको मुत्यु | मधेश सरकारको अगामी अवाको बजेट ४६ अर्ब ्९८ करोड, चालुभन्दा ६ प्रतिशतले बढी | ४६/४७ अर्वको हराहारिमा अगामी अवाको बजेट ल्याउदै मधेस सरकार | लोसपाका महासचिव मिश्रद्वारा शहीद सन्तति वृत्ति कोषको स्थापना | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन चौतर्फी प्रभावित | अत्यधिक गर्मीले मधेश प्रदेशको जनजीवन प्रभावित | धनुषाको सबैलामा भेट्यो जनककालीन महादेव मन्दिरको अवशेष | जनकपुरधाम पुरानो इतिहासको लयमा फर्किदै छ ः प्रधानमन्त्री ओली |

काठमाडौं । पाकिस्तान अहिले चरम आर्थिक संकटमा छ । त्यहाँ महँगी बढेको छ, खाद्यवस्तुको भाउ अकासिएको छ । पेट्रोलको भाउ पहिले नै उच्च थियो । बिहीवार (आज)बाट पेट्रोल र डिजेलको नयाँ मूल्य लागू भएको छ । बुधवार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपया र हाईस्पीड डिजेलको मूल्य १७ रुपया २० पैसा बढाउने निर्णय गरेको थियो ।यो वृद्धिसँगै त्यहाँ पेट्रोल प्रतिलिटर २७२ रुपयामा पुगेको छ । हाईस्पीड डिजेल पनि लिटरकै २८० रुपया भएको छ । सरकारी प्रेस विज्ञप्तिका अनुसार मट्टी तेल र हलुका डिजेलको भाउ पनि क्रमशः १२ रुपया ९० पैसा र ९ रुपया ६८ पैसा बढाइएको छ । यो वृद्धिसँगै मट्टितेलको बढेर प्रतिलिटर २०२ रुपया ७३ पैसा भएको छ ।

हलुका डिजेल तेल पनि लिटरको १९६ रुपया ६८ पैसामा उक्लिएको छ ।डलरको तुलनामा पाकिस्तानी रुपया कमजोर भएकोले मूल्य बढाइएको विज्ञप्तिमा भनिएको छ । अहिले त्यहाँको सरकार नयाँ कर लागू गरेर बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषले तोकेको शर्तअनुरुप राजस्व बढाएर कोषसँग वित्तीय उद्धार बापतको रकम लिने दौडमा छ । कोषको ७ अर्ब डलर बराबरको कर्जा कार्यक्रमको नवौं समीक्षा पूरा भएमा पाकिस्तानले १ अर्ब २० करोड डलर बराबरको कर्जाको किस्ता पाउँछ ।

साथै पाकिस्तानलाई मित्र देशहरूबाट सहायता आप्रवाहको बाटो पनि खुल्नेछ । पाकिस्तान यतिबेला विदेशी मुद्रा सञ्चिति निमिट्यान्न हुने खतरामा छ । उसँग १८ दिनको आयात धान्ने पनि डलर छैन । जनवरीमा पाकिस्तानको वार्षिक मुद्रास्फीति दर २७ प्रतिशतमा उक्लिएको सरकारी तथ्यांकले देखाएको छ । आयात कम गर्न सरकारले कोइलाबाट बिजुली उत्पादन चौब्बर बनाउने घोषणा गरेको छ । पाकिस्तानसँग कोइलाको खानी टन्नै छ । आजै अर्थमन्त्री इशाक दारले संसदमा कोषको शर्तहरू पूरा गर्न महत्त्वपूर्ण विधेयक पेस गरेका छन् । यो विधेयकले सामान्य विक्री कर हालको १७ प्रतिशतबाट बढाएर १८ प्रतिशत पुर्‍याउनुको साथै चुरोट, गुलिया पेय र सिमेन्टमा संघीय अन्तः शुल्क बढाउने प्रस्ताव गरेको छ । एजेन्सी 

सम्बन्धित खबर