LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

काठमाडौं । पाकिस्तान अहिले चरम आर्थिक संकटमा छ । त्यहाँ महँगी बढेको छ, खाद्यवस्तुको भाउ अकासिएको छ । पेट्रोलको भाउ पहिले नै उच्च थियो । बिहीवार (आज)बाट पेट्रोल र डिजेलको नयाँ मूल्य लागू भएको छ । बुधवार पाकिस्तान सरकारले पेट्रोलमा २२ रुपया र हाईस्पीड डिजेलको मूल्य १७ रुपया २० पैसा बढाउने निर्णय गरेको थियो ।यो वृद्धिसँगै त्यहाँ पेट्रोल प्रतिलिटर २७२ रुपयामा पुगेको छ । हाईस्पीड डिजेल पनि लिटरकै २८० रुपया भएको छ । सरकारी प्रेस विज्ञप्तिका अनुसार मट्टी तेल र हलुका डिजेलको भाउ पनि क्रमशः १२ रुपया ९० पैसा र ९ रुपया ६८ पैसा बढाइएको छ । यो वृद्धिसँगै मट्टितेलको बढेर प्रतिलिटर २०२ रुपया ७३ पैसा भएको छ ।

हलुका डिजेल तेल पनि लिटरको १९६ रुपया ६८ पैसामा उक्लिएको छ ।डलरको तुलनामा पाकिस्तानी रुपया कमजोर भएकोले मूल्य बढाइएको विज्ञप्तिमा भनिएको छ । अहिले त्यहाँको सरकार नयाँ कर लागू गरेर बहुपक्षीय कर्जादाता निकाय अन्तरराष्ट्रिय मुद्रा कोषले तोकेको शर्तअनुरुप राजस्व बढाएर कोषसँग वित्तीय उद्धार बापतको रकम लिने दौडमा छ । कोषको ७ अर्ब डलर बराबरको कर्जा कार्यक्रमको नवौं समीक्षा पूरा भएमा पाकिस्तानले १ अर्ब २० करोड डलर बराबरको कर्जाको किस्ता पाउँछ ।

साथै पाकिस्तानलाई मित्र देशहरूबाट सहायता आप्रवाहको बाटो पनि खुल्नेछ । पाकिस्तान यतिबेला विदेशी मुद्रा सञ्चिति निमिट्यान्न हुने खतरामा छ । उसँग १८ दिनको आयात धान्ने पनि डलर छैन । जनवरीमा पाकिस्तानको वार्षिक मुद्रास्फीति दर २७ प्रतिशतमा उक्लिएको सरकारी तथ्यांकले देखाएको छ । आयात कम गर्न सरकारले कोइलाबाट बिजुली उत्पादन चौब्बर बनाउने घोषणा गरेको छ । पाकिस्तानसँग कोइलाको खानी टन्नै छ । आजै अर्थमन्त्री इशाक दारले संसदमा कोषको शर्तहरू पूरा गर्न महत्त्वपूर्ण विधेयक पेस गरेका छन् । यो विधेयकले सामान्य विक्री कर हालको १७ प्रतिशतबाट बढाएर १८ प्रतिशत पुर्‍याउनुको साथै चुरोट, गुलिया पेय र सिमेन्टमा संघीय अन्तः शुल्क बढाउने प्रस्ताव गरेको छ । एजेन्सी 

सम्बन्धित खबर