LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जनकपुरधाममा पहिलो पटक अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको छ ।
जनकपुर वाणिज्य संघले स्थानीय तिरुहुतिया गाछीमा आयोजना गरिएको अगामी १४ फाल्गुन सम्म चल्ने छ । विश्व बजारमा आर्थिक मन्दी छाएको बेला व्यापार व्यवसायको अवस्थामा उकासने उदेश्यले अन्तराष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको जनकपुर उद्योग वाणिज्यले जनाएको छ ।
मेलामा नेपाल, भारत,पाकिस्तान र बंगलादेशका व्यापारिहरुले आफ्नो उत्पादनहरुलाई विक्रिको लागिको लागि स्टल राखेको छ । आयोजकले प्रत्येक स्टलबाट क्षेत्रफलाको हिसाबले २५ हजारदेखि ४० हजार रुपैया सम्म शुल्क लिएको जनाएको छ । त्यसैगरि, आयोजकले व्यापार मेलाको अवरोकल गर्ने सर्वसधारणबाट १० रुपैयाँ प्रवेश शुल्क लिने व्यवस्था गरेको छ । मेलामा १ सय ५० स्टल राखिएको छ ।

मेलामा करिव २० करोड रुपैयाँ बराबरको व्यापार हुने जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ जानकारि दिए । मेलामा चार प्राङ्गग्रे सवारी सधानदेखि इलेक्ट्रोनिक समान, लाताकपडा,मोटरसाइकल, ट्रयाक्टर,इरिक्सा, इलेक्ट्रोनिक साईकल, मिथिला पेन्टिङ्गका समान तथा घरायसी समानहरु विक्रिको लागि राखिएको छ । त्यसैगरि, वैक तथा वितीय संस्थाहरुले पनि मेलामा आफ्नो स्टल राखेको छ ।
यसैबीच, मेलाको उद्घाटन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले यस्ता मेलाले मधेश प्रदेशको व्यापार प्रवद्र्धनका साथै यस क्षेत्रको पर्यटकिय क्षेत्रमा टेवा पुग्ने बताए ।
प्रदेश सरकारले उद्योग मैत्रि निती ल्याएको बताउदै मुख्यमन्त्री यादवले मधेश प्रदेश उद्योग कलकारखानाको लागि उर्वराभुमि रहेकोले यस प्रदेशका लगानि भित्रियाउन उद्योगि व्यवसायिहरुसँग आग्रहा समेत गरे ।
उद्योग वाणिज्य संघ जनकपुरधामका अध्यक्ष जितेन्द्र महासेठको अध्यक्षतामा सम्पन्न मेलाको उद्घाटन समारोहमा प्रतिनिधी सभा सदस्य जुली कुमारी महतोले प्रदेशको व्यापार व्यवासयिसँग प्रवद्र्धन गर्न तीन सरकारबीच सहकार्यको आवश्यकता रहेको बताए ।

 

सम्बन्धित खबर