LIVE
सरकारलाई खबरदारी गर्न दश दलले महाअधियान संचालन गर्ने | आमसञ्चारका अध्यक्ष यादवले विदाई हुनुभन्दा अगाडी सार्वजनिक गरे चार वर्षे उपलब्धिहरू | धनुषामा सवारी दुर्घटना एक शिक्षकको मृत्यु | मधेश प्रदेशका सभामुख मण्डलले विद्यार्थीहरुलाई अध्ययापन गराउने | रौजा मजार शरीफमा २६ चैतदेखि तीनदिवसीय उर्स मनाईने | ‘हाम्रो कल्चरमा मिसावट भयो, अव नुहाईधुवाई गरेर जनतामा जान्छु’– पुर्व प्रधानमन्त्री प्रचण्ड | बचाउनका लागि संगठित हुदै जनकपुरका निजी अस्पतालहरु | मुख्यमन्त्री सिंह सबभन्दा असफल रहेको काँग्रेस नेता गुप्ताको आरोप | वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न |

विद्यालयमा पढाईको अवस्था बुझ्न गएका एक युवाकमाथि कुटपिट भएको छ । सर्लाहीको बरहथवा नगरपालिका १०, स्थित दुर्गा सरस्वती जनता माध्यमिक विद्यालयमा पढाई के कस्तो चलिरहेको छ भन्ने बुझ्न गएका स्थानीय २१ वर्षीय कृष्णकुमार चौधरीमाथि कुटपिट भएको हो ।विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले उनीमाथि कुटपिट गरेका हुन् । अध्यक्ष यादवले टाउकोमा कुर्सी प्रहार गरेपछि टाउको फुटेर घाइते भएका हुन् । उनलाई १० वटा टाँका लगाउनु परेको छ।

कृष्णकुमारको भाइबहिनी पनि सोही विद्यालयमा पढ्ने भएकाले पढाईको अवस्थाबारे बुझ्न गएका थिए। राजनीतिक पूर्वाग्रहा राखेर पूर्वअध्यक्ष यादव आफूमाथि कुटपिट गरेको बताए।व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामनारायण यादवले चौधरीसँग विवाद मात्र भएको दावी गर्दै उनले विद्यालयमा आएर अनावश्यक विवाद झिक्ने गरेको बताए। तर स्थानीय भने यादवले विद्यालयलाई आफ्नो निजी सम्पत्ति जस्तो गरेर अड्डा जमाएर बस्ने गरेको गुनासो गरेका छन्।

सम्बन्धित खबर