LIVE
सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद |

पर्वत । महाशिवरात्रिका अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा, अलपेश्वर गुफालगायत शिवालयमा भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ । गुप्तेश्वर गुफाभित्रको शिवलिङ्गको दर्शन एवं पूजा गर्न टाढाटाढाबाट भक्तजन आएका छन् । उक्त गुफामा पार्वतीले महादेवलाई पतिका रूपमा पाऊँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास छ ।पर्वतकै पाङमा जन्मिएकी पार्वतीले गुफामा व्रत बस्दा कालीगण्डकीमा स्नान गरेको विश्वास गरिन्छ । एक किलोमिटर लामो उक्त गुफामा देवीदेवताका दर्जनौं आकृति छन् ।

त्यस्तै सदरमुकाम कुस्मा नजिकै कटुवाचौपारीस्थित अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे, डहरे र सेतीवेणीमा विश्वकै ठूलो शालिग्राम शिला, ठूलीपोखरीको बाटुलेचौरलगायत शिवालयमा आज मेला लागेको छ । पाङको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफा पनि मेला लागेको छ ।यस्तै मुस्ताङको मुक्तिनाथ, म्याग्दीको गलेश्वर र बागलुङको गौरीधाम मन्दिर तथा ग्रामीण क्षेत्रका अन्य शिवमन्दिमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । –रासस

सम्बन्धित खबर