LIVE
मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित | धनुषाबाट हजका लागि सउदी अरब जान लागेका हज यात्रीलाई विदाई तथा सम्मान | महोत्तरीे भंगाहाकी एक किशोरीलाई विहेको प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोप | भारत–पाकिस्तान बीचको तनावले सिमावर्ती क्षेत्रमा उच्च सतर्कता, आवतजावतमा कडाई | रंगशालाको जग्गाको भाडा बढाएपछि जनप्रतिनधीले गरे मुख्यमन्त्री सिंहसँग गुनासो | केही सञ्चारमाध्यममा आएको समाचार झुठो रहेको भन्दै जनमतको अधिकारिक स्पष्टीकरण | झडपका कारण एमाले धनुषा अधिवेशन अनिश्चित | एमाले धनुषाको नयाँ नेतृत्वको लागि आज निर्वाचन हुँदै, अध्यक्षमा भोला र लक्ष्मीनारायण बीच प्रतिस्पर्धा | मधेश प्रदेशमा आज सार्वजनिक विदा | नेकपा एसले मुख्यमन्त्री सिंहलाई ५२ बुँदे ज्ञापनपत्र बुझाए |

जनकपुरधाम ७ फागुन ।जनकपुरधामका एकता सहकारी संस्था लि.ले १२ औ साधारण सभामा एक कार्यक्रम बीच सम्पन्न गरेको छ ।आईतवार संस्थाको प्राङ्गणमा साधारण सभामा संस्थाका अध्यक्ष यन्दु जैनले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले गत आर्थिक वर्षमा ११ करोड ६५ लाख ६२ हजार ४२९ रुपैयाँको कारोवार गरेको छ । यस अघि सो संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ९० लाख ७९ हजार १३१ रुपैयाँ कारोवार गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरि, संस्थाले गत आर्थिक वर्षमा १० करोड ३२ लाख ४५ हजार ३४९ रुपैयाँ ऋण प्रवाह गरेको थियो । भने आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ७३ लाख १२ हजार ३९३ रुपैयाँ मात्र ऋण लगानि गरेको थियो ।
े गत आर्थिक वर्षमा ७१ लाख ९७ हजार ७५४ रुपैयाँ बचत गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा १ लाख ४० हजार ७१६ रुपैयाँ बचत गरेको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरि, संस्थाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा लामो अवधिका ३ करोड ९४ लाख ५५ हजार ६९३ रुपैयाँ ऋण लगानि गरेको छ भने सानो अवधिको ६ करोड ५७ लाख २८ हजार २९ रुपैयाँ ऋण लगानि गरेको छ । त्यसैगरि, चालु आर्थिक वर्षको असार मसान्त सम्म ६ करोड ऋण लगानि गर्ने लक्ष्य रहेको प्रतिवेदनमा भनिएको छ । त्यसैगरि, सानो अवधिको ऋण लगानिको लक्ष्य ९ करोड रहेको संस्थाले जनाएको छ ।यसैबीच, संस्थाले उत्कृष्ट कर्मचारी र उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेको थियो । संस्थाले आफ्नो सेवा प्रवाहलाई अझै प्रभावकारि बनाउने लगिने संस्थाका प्रबन्धक मोबारक राईनले बताए ।

 

सम्बन्धित खबर