LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

जनकपुरधाम ७ फागुन ।जनकपुरधामका एकता सहकारी संस्था लि.ले १२ औ साधारण सभामा एक कार्यक्रम बीच सम्पन्न गरेको छ ।आईतवार संस्थाको प्राङ्गणमा साधारण सभामा संस्थाका अध्यक्ष यन्दु जैनले आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको हो । संस्थाले गत आर्थिक वर्षमा ११ करोड ६५ लाख ६२ हजार ४२९ रुपैयाँको कारोवार गरेको छ । यस अघि सो संस्थाले आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ९० लाख ७९ हजार १३१ रुपैयाँ कारोवार गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरि, संस्थाले गत आर्थिक वर्षमा १० करोड ३२ लाख ४५ हजार ३४९ रुपैयाँ ऋण प्रवाह गरेको थियो । भने आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोड ७३ लाख १२ हजार ३९३ रुपैयाँ मात्र ऋण लगानि गरेको थियो ।
े गत आर्थिक वर्षमा ७१ लाख ९७ हजार ७५४ रुपैयाँ बचत गरेको छ । आर्थिक वर्ष २०७७÷०७८ मा १ लाख ४० हजार ७१६ रुपैयाँ बचत गरेको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरि, संस्थाले चालु आर्थिक वर्षको पुस मसान्त सम्ममा लामो अवधिका ३ करोड ९४ लाख ५५ हजार ६९३ रुपैयाँ ऋण लगानि गरेको छ भने सानो अवधिको ६ करोड ५७ लाख २८ हजार २९ रुपैयाँ ऋण लगानि गरेको छ । त्यसैगरि, चालु आर्थिक वर्षको असार मसान्त सम्म ६ करोड ऋण लगानि गर्ने लक्ष्य रहेको प्रतिवेदनमा भनिएको छ । त्यसैगरि, सानो अवधिको ऋण लगानिको लक्ष्य ९ करोड रहेको संस्थाले जनाएको छ ।यसैबीच, संस्थाले उत्कृष्ट कर्मचारी र उत्कृष्ट बचतकर्तालाई सम्मान समेत गरेको थियो । संस्थाले आफ्नो सेवा प्रवाहलाई अझै प्रभावकारि बनाउने लगिने संस्थाका प्रबन्धक मोबारक राईनले बताए ।

 

सम्बन्धित खबर