LIVE
गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ |

जनकपुरधाम । अनौपचारिक सेवा केन्द्र(इन्सेक)ले सार्वजनिक सन् २०२२ को अभिलेख अनुसार मधेश प्रदेशमा मानव अधिकार उलंघनमा घटनामा कमी आएको छ ।
इन्सेकको अभिलेख अनुसार स्न २०२१ मा ७ सय ५८ वटा मानव अधिकार उलंघन तथा ज्यादतीका घटना भएकोमा स्न २०२२ मा ६ सय ६८ वटा मात्र घटना भएको उल्लेख छ । स्न २०२२ राज्य पक्षबाट ४१ जना र अन्य पक्षबाट ६सय २७ जना मानव अधिकार तथा ज्यादतीका घटनामा पिडित भएका छन् । त्यसैगरि, सोही वर्षमा राज्य पक्षबाट मधेश प्रदेशमा २ जना पुरुषको हत्या गरिएको छ भने अन्य पक्षबाट ८८ जनाको हत्या भएको छ । जसमा महिला ४५ र पुरुष ४३ जनाको रहेका छन् ।
उक्त तथ्याङ्गलाई हेर्दा मधेश प्रदेशमा मानव अधिकार र ज्यादतीका घटना अन्य प्रदेशमा बढी देखिएको छ । प्रतिवेदन अनुसार स्न २०२२ मा सबभन्दा परिवारजनबाट सप्तरीमा ३, सिरहामा ४, धनुषामा ५, महोत्तरीमा ३, सर्लाहीमा २, रौतहटमा २, बारामा ३ र पर्सामा २ गरि महिलाको हत्या भएको छ ।
स्न २०२२ मा दाईजो कारण महोत्तरीमा १ र रौतहटमा १ गरि दुई जना महिलाको हत्या भएको छ । भने बलात्कारको घटनामा २ सय २९ जना महिला पीडित भएका छन् । सोही वर्षमा कुटपिटको घटनामा राज्य पक्षबाट १ पुरुष, यातनाका घटनामा १ महिला, घाईतेका घटनामा ९ पुरुष, नागरिक तथा राजनीतिक अधिकारमा २५ पुरुष र धम्कीका घटनामा १ पुरुष पीडित भएका छन् ।
त्यसैगरि, सोही प्रतिवेदन अनुसार कुटपिटका घटनामा अन्य पक्षबाट ९ महिला,७४ पुरुष र अन्य २ गरि ८५ जना पिडित भएका छन् । अन्य पक्षबाट अवानविय व्यवहारका घटनाबाट १, अपहरण ११ महिला र ४ पुरुष, घाईतेमा ४ महिला र १९ पुरुष, छातिय छुवाछुतको घटनामा १ महिला र एक पुरुष पिडित भएका छन् ।
त्यसैगरि, स्न २०२२ मा बालअधिकारको घटनामा १९६ बालिका र ४ बालक, बालविवाह घटनामा २, बालिका बेचबिखनमा ४, शारिरिक ढण्ड सजायमा १ बालिका, वनजात शिशुको हत्या १, बलात्कार घटनामा १६२, यौनदुव्र्यहार घटनामा २७ जना बालिका र ४ जना बालक पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

सम्बन्धित खबर