LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले फागुन १० गते (बुधवार)बाट ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ विक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले रू. २ अर्ब ५० करोड बराबरको बचतपत्र विक्री खुला गर्न लागेको हो ।यसको वार्षिक ब्याजदर ११ दशमलव ५० प्रतिशत छ । ब्याज ६/६ महीनामा भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । बचतपत्र फागुन ३० गतेसम्म विक्रीमा रहनेछ ।

राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा न्यूनतम रू. १० हजार र अधिकतम कुल निष्कासन रकमका लागि आवेदन दिन सकिन्छ । यस बचतपत्र खरीदका लागि इच्छुक खरीदकर्ताले राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । नागरिक बचतपत्रमा लगानी गर्दा ६/६ महीनामा ब्याज पाइने, चाहेको समयमा विक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने सम्भावना रहेको जानकारहरू बताउँछन् ।

सम्बन्धित खबर