LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले फागुन १० गते (बुधवार)बाट ५ वर्ष अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ विक्री खुला गर्ने भएको छ । राष्ट्र बैंकले रू. २ अर्ब ५० करोड बराबरको बचतपत्र विक्री खुला गर्न लागेको हो ।यसको वार्षिक ब्याजदर ११ दशमलव ५० प्रतिशत छ । ब्याज ६/६ महीनामा भुक्तानी हुने राष्ट्र बैंकले जानकारी दिएको छ । यो बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउनेछन् । बचतपत्र फागुन ३० गतेसम्म विक्रीमा रहनेछ ।

राष्ट्र बैंकका अनुसार उक्त बचतपत्रमा न्यूनतम रू. १० हजार र अधिकतम कुल निष्कासन रकमका लागि आवेदन दिन सकिन्छ । यस बचतपत्र खरीदका लागि इच्छुक खरीदकर्ताले राष्ट्र बैंकको वेबसाइट अन्तर्गत मनिटरी म्यानेजमेन्टभित्र रहेको अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार नागरिक बचतपत्र मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । नागरिक बचतपत्रमा लगानी गर्दा ६/६ महीनामा ब्याज पाइने, चाहेको समयमा विक्री गर्न वा धितो राखी कर्जा लिन सकिने, लगानी रकमको जोखिम नहुने सम्भावना रहेको जानकारहरू बताउँछन् ।

सम्बन्धित खबर