LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को ७ महीनामा मुलुकको व्यापार घाटा ८ खर्ब रूपैयाँ नाघेको छ । भन्सार विभागले बुधवार सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको साउनदेखि माघसम्मको तथ्यांकअनुसार व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख ९ हजार रुपैयाँ पुगेको छ ।गत आवको सोही अवधिमा व्यापार घाटा १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ थियो । गत आवको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा व्यापार घाटा १८ प्रतिशतले घटेको छ ।

उक्त अवधिमा नेपालले ९ खर्ब १९ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ । गत वर्षको सोही अवधिमा ११ अर्ब ४७ खर्व रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो । यो ७ महीनामा आयात पनि १९ प्रतिशतले घटेको छ ।सो अवधिमा नेपालले ९३ अर्ब ४३ करोडको सामान निर्यात गरेको छ । गत वर्षको यसै अवधिमा १ खर्ब ३१ अर्ब रुपैयाँको वस्तु निर्यात गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा यो वर्ष निर्यात २९ प्रतिशतले घटेको भन्सार विभागले जनाएको छ ।

सम्बन्धित खबर