LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पूरा गरी फागुन १२ गते शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्दै छन् ।दुवै बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्तिसम्बन्धी प्रस्तावलाई पारित गरेका थिए । दुई बैंक एक भई हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुँदै छ ।हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८० दशमलव २८ को अनुपातमा शेयर आदानप्रदान गर्दै प्राप्ति गरेको हो । यस आधारमा सिभिल बैंकको १०० कित्ता शेयर हुने शेयरधनीहरूले प्राप्तिपश्चात् हिमालयन बैंकको ८० दशमलव २८ कित्ता शेयर प्राप्त गर्नेछन् ।

प्राप्तिपश्चात् बैंकको रजिष्टर्ड कार्यालय हाल हिमालयन बैंक लिमिटेडको रजिष्टर्ड कार्यालय रहेको स्थान कमलादी, काठमाडौंमा रहनेछ । प्राप्ति प्रक्रिया पूरा गर्नुअघि नै दुवै बैंकले आफ्ना सदस्यहरूलाई गत वर्षको मुनाफाबाट वितरण गर्ने गरी लाभांश पारित गरिसकेका छन् । पुस २८ गते सम्पन्न वार्षिक साधारण सभामार्फत नै दुवै बैंकले लाभांश प्रस्ताव पारित गरिसकेका हुन् । यस वर्ष सिभिल बैंकले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९ अर्ब ७ करोड ५८ लाख ४४ हजारको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।

बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृतसमेत गराइसकेको छ । बोनसपछि बैंकको चुक्तापूँजी रू. ९ अर्ब ५२ करोड ९६ लाख ३६ हजार पुगेको छ ।त्यस्तै हिमालयन बैंकले चुक्तापूँजी रू. १२ अर्ब ९६ करोड ८७ लाख २५ हजारको आधारमा ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ११ दशमलव ११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।बैंकले नगद लाभांश वितरण गरी बोनस शेयरसमेत धितोपत्र दोस्रो बजारमा सूचीकृत गराइसकेको छ । हिमालयन बैंकको ८ प्रतिशत बोनसपछि चुक्तापूँजी रू. १४ अर्ब ६२ लाख २३ हजार कायम भएको छ ।

शुक्रवारदेखि एकीकृत कारोबार शुरू गर्ने भएसँगै नेप्सेले प्राप्ति हुन लागेको सिभिल बैंकको शेयर कारोबार रोक्का गरेको छ । पछिल्लो समय मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेको बढीमा १५ दिन कारोबार रोक्का गर्नुपर्ने व्यवस्थाबमोजिम नेप्सेले सिभिल बैंकको शेयर कारोबार फागुन १२ गतेदेखि लागू हुने गरी रोक्का गरेको हो ।

सम्बन्धित खबर