LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

काठमाडौं। शनिबारबाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा छलफल भएको छ ।बिहीबार बसेको मन्त्रिपरिषदको बैठकमा सार्वजनिक विदा धेरै भएको भनी सार्वजनिक रुपमा भएको आलोचनालाई कम गर्नका लागि महतवपूर्ण सरकारी कार्यालय खोलेर सेवा प्रदान गर्ने सम्बन्धमा छलफल भएको हो ।एक मन्त्रीका अनुसार शनिवार बाहेकको विदाका दिन जिल्ला प्रशासन कार्यालय, अस्पताल, बैंक, प्रहरी कार्यालय खुला राख्ने विषयमा छलफल भएको हो ।

मन्त्रिपरिषदको प्रशासनिक समितिबाट गएको प्रस्तावमा सेवाग्राहीको भीड हुने मालपोत, राहदानी, सवारी अनुमतीपत्र कार्यालय लगायतका निकाय सार्वजनिक विदाका दिन समेत खोल्नेवारे छलफल भएको हो ।प्रशासनिक समितिमा पनि यसबारे छलफल भएको थियो । एक सचिवका अनुसार हरेक विदाका दिन एक सिफ्टमा भए पनि सेवा दिनेगरी गरी छलफल भएको हो । ती सचिवले भने, ‘त्यो खाकाले अन्तिम रुप पाएको छैन, छलफलका क्रममा छ ।’

सम्बन्धित खबर